रौतहट , २० चैत //
रौतहटको ईशनाथ नगरपालिका–५ जटहरास्थित श्री माध्यमिक विद्यालय भवनको उद्घाटन गरिएको छ ।
शनिबार ईशनाथका नगर प्रमुख संतोष कुमार मेहताले ४ कोठे ३ तले पक्की भवनको उद्घाटन गरेका हुन्।
ईशनाथ नगरपालिका उप प्रमुख हुस्ने आराले भूकम्पपछि समस्या झेल्दै आएका विद्यालयका विद्यार्थीका लागि आफ्नो र नगर प्रमुखको सहयोग र समन्वयमा पक्की भवन निर्माण गर्न सकेको बताए ।
भूकम्पले सो विद्यालयको भवनमा क्षति पुर्याएपछि नगरपालिका शिक्षा शाखाले तत्कालीन अवस्थामा अस्थायी सिकाइ केन्द्र निर्माण गरी सहयोग गरेको थियो ।
विद्यालय भवनको अभावमा केहि वर्षअगाडि देखि अस्थायी टहरामा अध्ययन गर्दै आएको बताउंदै नगर प्रमुख मेहताले अब ३ तलेको चारकोठे पक्की भवन निर्माण सम्पन्न भएपछी सुविधासम्पन्न भवनमा पढ्न पाउने बताए ।
उक्त विद्यालय भवन बालमैत्री तथा अपाङ्गमैत्री रहेको तथा कक्षा १ देखि ८ सम्मको पढाइ हुने छ। विद्यालयमा एक हजार जना विद्यार्थी रहेका छन् ।
यस्तै सोहिदिन श्री माध्यमिक विद्यालय जटहरामा २ कोठे भवनको नगर प्रमुख मेहताले शिलान्यास पनि गरेका छन्।