सप्तरी , ९ बैशाख //
सप्तरीबाट आफ्नै छोरीको हत्या गरेको आरोपमा एक महिला पक्राउ परेकी छन्।
पक्राउ पर्नेमा जिल्लाको हनुमाननगर कंकालीनी नगरपालिका वडा नम्बर ७ की रानी देवी मण्डल रहेकी छन्।
उनलाई बिहीबार साँझ जिल्ला प्रहरी कार्यालय सप्तरीबाट खटिएको प्रहरीले राजगढ गाउँपालिका वडा नम्बर ५ मलेखपुर गाउँमा लुकीछिपी बस्दै आएको अवस्थामा नियन्त्रणमा लिएको हो।
कर्तव्य ज्यान मुद्दामा जिल्ला अदालत सप्तरीले २०७५ फागुन १५ गते उनलाई २० वर्ष सजाय तोकेको थियो । जिल्ला अदालतले सजाय सुनाएपछि उनि फरार भएकी थिइन्।उनलाई ६ वर्षपछी नियन्त्रणमा लिएको प्रहरीले जनाएको छ।