महोत्तरी , ८ बैशाख //
रातु खोलाबाट अवैध रुपमा गिट्टीबालुवा उत्खनन गर्ने ४ वटा टिपरलाई महोत्तरी प्रहरीले नियन्त्रणमा लिएको छ ।
महोत्तरीको बर्दिबास नगरपालिका–६ किसाननगर स्थितमा रातु खोलाबाट अबैध रुपमा गिट्टी बालुवा उत्खनन तथा ओसार प्रसार भईरहेको सूचनाको आधारमा खोलाबाट चारवटा टिपर नियन्त्रणमा लिएको प्रहरीले जनाएको छ।
बिहिवार विहान ८ ख २०४६ , ना ८ ख ११३८ , प्रदेश २–०३–००१ क ०३४८ र प्रदेश २–०३–००१ ख १८९९ नम्बरको टिपर नियन्त्रणमा लिएर थप कारवाहीका लागि जिल्ला समन्वय समिती जलेश्वरमा पठाइएको जिल्ला प्रहरी कार्यालय महोत्तरीका प्रहरी प्रवक्ता प्रकाश विष्टले जानकारी दिए ।