Thursday, January 23, 2025

रौतहट काठमाडौ सम्पर्क मंचको पालिका स्तरीय भेला सम्पन्न

पछिल्लाे समाचार


काठमाडौ, २० चैत //
रौतहट काठमाडौ सम्पर्क मंचको पालिका स्तरीय भेला ललितपुर च्यासल स्थित एउटा पार्टी प्यालेसमा सम्पन्न भएको छ । रौतहट काठमाडौ सम्पर्क मंचको आयोजनामा कटहरिया नगर प्रमुख सियाराम कुश्वाहाको प्रमुख आतिथ्यमा पालिका स्तरीय भेला सम्पन्न भएको हो।
रौतहटका १८ स्थानीय तह मध्ये अधिकांश स्थानीय तहका सैयौं सहभागीहरुले छुट्टाछुट्टै ६ वटा पालिकाको समिति गठन गरेको छ ।
भेलाले काठमाडौ रौतहट सम्पर्क मंचको कटहरिया नगरपालिका स्तरीय कमिटीको अध्यक्षमा कमल जयसवाल,उपाध्यक्षमा राम अयोध्या साह सोनार, सचिवमा नन्दलाल ठाकुर हजाम लाई चयन गरेको छ ।

भेलाले ईशनाथ नगरपालिकामा मंचको प्रमुखको रूपमा मुखलाल साह,चन्द्रपुरमा कमल खरेल,गरुडामा रोसन कुमार साह,गढिमाईमा सुनिल यादव लाई जिम्मेवारी दिएको छ ।त्यसैगरी ,राजदेवी नगरपालिकामा काठमाडौ रौतहट सम्पर्क मंचको पालिका स्तरीय प्रमुखको जिम्मेवारी देवेन्द्र साह लाई दिएको र बांकी १२ वटा पालिकाको जिम्मेवारी केही दिन भित्रै निर्धारण गर्ने कार्यक्रम रहेको मंचका केन्द्रिय अध्यक्ष उपेन्द्र साहले बताएका छन ।

पालिका स्तरीय मंचका अध्यक्ष लगायत पदाधिकारीहरुलाई ईन्चार्ज देव भण्डारीले पद तथा गोपनियताको सपथग्रहन गराउनु भएको थियो ।
कार्यक्रमका प्रमुख अतिथि मेयर सियाराम कुश्वाहाले काठमाडौमा बसेर पनि आफ्नो गाउँ तथा जिल्लाबासिको सेवा गर्न सकिने बताउनु भयो । गाउँ तथा जिल्लाबासी लाई कुनै ठुलो रोग लाग्दा उपचारको लागी काठमाडौ आउनुपर्छ,
केन्द्र तथा मन्त्रालय बिभाग,सर्बोच्चको मुद्दा मामिला लगायतका काम काठमाडौ संग जोडिएको छ। कुनै पनि समस्या लिएर राजधानी आउनेलाई हामी रौतहट बासिले काठमाडौमा आफ्नो काम गरेर भएपनी सहयोग गर्न सकिने मेयर कुश्वाहाले बताउनु भयो ।
काठमाडौमा बसेर जनताको सेवा गर्दै आफू कटहरियाको मेयर बनेको,काठमाडौमा बसेर जनताको मन जित्न सफल हरेन्द्र साह वडा २ को र हरिभजन साह वडा ७ को वडा अध्यक्ष बन्न सफल भएको स्मरण गर्दै इमानदारी साथ जनताको सेवा गरेमा त्यसको प्रतिफल राम्रै हुने उहाँले बिचार राख्नु भयो ।

कार्यक्रममा मेयर कुश्वाहाका साथै रौतहट काठमाडौ सम्पर्क मंचका अध्यक्ष उपेन्द्र साह, सचिव श्रीनारयण साह,सिकन्दर जयसवाल,किशोरी साह,प्रमोद घिमिरे देवेन्द्र ठाकुर लगायत सैयौं रौतहटेलिको उपस्थित रहेकोे थियो । कार्यक्रमको संचालन मंचका भरत खरेलले गर्नु भएको थियो ।

spot_imgspot_img
spot_img

लोकप्रिय

थप शिर्षकहरु