रौतहट , १५ बैशाख //
एमाले रौतहटको बौद्धीमाई नगरपालिकाका मेयरका उम्मेदवार त्रिभुवन साह आज ( बिहिवार) देखी घरदैलो अभियानमा जुटेका छन्।
आगामी बैशाख ३० मा हुने पालिका निर्वाचनका लागि आफ्नो पक्षमा पार्न साहले बिहान देखी बेलुकी सम्म मतदातालाई रिझाउनमा व्यस्त भएका छन्।
चुनावी प्रचार प्रसारको क्रममा उनले बौद्धीमाई नगरपालिका वडा नम्बर ७ बंकुलमा आज बिहान मतदाताको घरदैलोमा पुगेका हुन्।
एमाले पार्टीले तयार पारेको घोषणापत्र समेत साथमा लिएर उम्मेदवार साहले मतदातालाई सम्झाई बुझाई गर्दै चुनाव लडनुको कारण बारे उनले समग्र नगरको विकास गर्ने विस्वाश दिलाएका छन ।
वडाध्यक्षका उम्मेदवार गुडू मिया, एमालेका युवा नेताहरु विरेन्द्र यादव, भागेश्वर यादव लगायत सक्रिय भई घरदैलो कार्यक्रममा जुटेका छन्