बारा , २२ चैत //
बाराबाट प्रतिबन्धित लागू औषध सहित दुई जना पक्राउ परेका छन्।
पक्राउ पर्नेहरुमा वीरगञ्ज महानगरपालिका वडा नम्बर १६ नगवा बस्ने ३० वर्षीय बिजय बैठा र दोलखाको चरीकोट नगरपापिका वडा नम्बर १३ नामदु बस्ने २३ वर्षीय सुरज गुरुङ रहेका छन् ।
बिश्रामपुर गाउँपालिका वडा नम्बर ३ बलिरामपुर स्थित प्रहरी चेक पोस्टमा भारतबाट नेपाल तर्फ आउदै गरेको साईकलमा सवार दुबै जना लाई शंका लागी चेक जाँच गर्दा ऊनीहरुको साथ बाट नाइट्रोभेट ट्याबलेट २२ पिस बरामद भएको जिल्ला प्रहरी कार्यालय बाराका प्रब्क्ता प्रहरी नायब उपरीक्षक राजेश थापाले जानकारी दिएका छन् ।
पक्राउ परेका उनीहरुमाथि थप अनुसन्धान भइरहेको उनले बताए।