जनकपुरधाम , १८ चैत //
भोलि शनिबार १९ देखि संचालन हुने जयनगर जनकपुर रेलको सम्पूर्ण तयारी भैइरहेको छ।
जनकपुर रेल्वे स्टेशन र जयनगर रेल्वे स्टेशनमा प्रोजेक्टर जडानसहित सजाउने कार्य भइरहेको छ ।
शनिबार प्रधानमन्त्री शेरबहादुर देउवा र भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीले संयुक्तरुपमा भर्चुअल विधिबाट रेलको उद्घाटन गर्ने कार्यक्रम रहेको छ ।
शुक्रबार भारत भ्रमणमा गएका प्रधानमन्त्री देउवा र भारतीय प्रधानमन्त्री मोदीले दिल्ली स्थित हैदराबादबाट शनिबार दिउँसो १२ बजे नेपाली र भारतीय झण्डा हल्लाएर संयुक्त रुपमा रेलको उदघाटन गर्ने रेल्वे कम्पनीका महाप्रवन्धक निरञ्जन झाले जानकारी दिए ।
उनले शनिबार दिउँसो साढे १२ बजे दुवै देशका प्रधानमन्त्रीले झण्डा हल्लाएर उद्घाटन गर्ने बताए । उदघाटनको बेला जयनगर रेल्वे स्टेशनमा नेपाल र भारतका विद्यार्थीले दुवै देशको झण्डासहित उभिने र द्वय प्रधानमन्त्रीले झण्डा हल्लाएपछि रेल गुड्ने झाले जानकारी दिए ।