Wednesday, January 22, 2025

काग्रेंस चन्द्रपुर नगर समितिको प्रेस बिज्ञप्ती

पछिल्लाे समाचार


रौतहट , १६ बैशाख //
नेपाली काग्रेंस चन्द्रपुर नगर समितिले प्रेस बिज्ञप्ती निकालेको छ ।

नेपाली काग्रेंस चन्द्रपुर नगर समितिका सभापति मुकेश गिरीले एक प्रेस बिज्ञप्ति जारि गर्दै आगामी बैशाख ३० गते हुने स्थानिय तहको निर्वाचनका लागि पार्टिको तर्फबाट आधिकारीक उम्मेद्धारका बिरुद्धमा बागी (स्वतन्त्र) उम्मेद्धारी दिएका यस पार्टिको कुनै पनि सदस्यले बिद्रोही उम्मेद्धारी दर्ता गरे वा गराएको भए निर्वाचन आयोगद्धारा तोकिएको मिती र समय आज बैशाख १६ गते शुक्रबार बिहान १० बजे देखि ५ बजे सम्म पार्टिका आधिकारीक उम्मेद्धारलाई बिजयी बनाउन सक्रिय भुमिका निर्वाह गरी हुुन भनी नेपाली काग्रेंस केन्द्रीय कार्यालयको मिति बैशाख १६ गते को प्रेस विज्ञप्ती जारी भएकोले नेपाली काग्रेंस चन्द्रपुर नगर समितिले प्रेस बिज्ञप्ती निकालेको हो ।

साथै तोकिएको मिती र समय भित्र आफ्नो उम्मेद्धारी फिर्ता नलिएमा त्यस्ता बिद्रोही उम्मेद्धारलाई प्रस्तावक र समर्थकको पार्टि सदस्यता नेपाली काग्रेंसको बिधान २०१७ (संशोधन सहित ) को धारा ४(१३)(ग) बामेजिक समाप्त भई परिवार स्वत निकाशित गरिने बिज्ञप्तिमा उल्लेख गरिएको छ।

spot_imgspot_img
spot_img

लोकप्रिय

थप शिर्षकहरु