Sunday, January 26, 2025

कटहरियामा अधुरो काम पुरागर्न मेयर पदमा फ़ेरि मेरो उम्मेद्बारी : सियाराम कुश्वाहा

पछिल्लाे समाचार


रौतहट, १५ बैशाख//
रौतहटको कटहरिया नगरपालिकाका निवर्तमान मेयर सियाराम कुश्वाहाले नगरलाई स्मार्ट सिटि सरह भौतिक पुर्वाधार निर्माण गर्न तथा अधुरो काम पुरा गर्न पुनः मेयर पदमा उम्मेद्बारी दिएको बताएका छन् ।
२०७४ सालको निर्वाचनमा माओवादीको टिकट बाट निर्वाचित भएर हाल एमाले बाट मेयरको उमेदवार बनेका कुश्वाहाले पत्रकारहरु संग भएको छलफलमा उक्त कुरा बताएका हुन् ।
बिगत ३० बर्षदेखी सबल नेतृत्वको अभाव तथा विभिन्न राजनीतिक कारणले पछि परेको नगर आफू मेयर बनेपछि ४ बर्षको अवधिमा स्मार्ट सिटि सरह भौतिक पुर्वाधार निर्माण देखि शिक्षा,स्वास्थ,तथा बाटोघाटो निर्माणमा आफुले महत्त्वपूर्ण भुमिका खेलेको उनले बताए ।

कटहरिया नगरपालिकाको पहिचान,स्वाभिमान बढाउन पुन : आफुले उम्मेद्बारी दिएको निबर्तमान मेयर कुश्वाहाले स्पष्ट पारे ।
कटहरियामा स्मार्ट सिटिको रूपमा विकास गरेर कटहरिया नगरपालिकाको नाम राष्ट्रिय स्तरमा पुर्याउने उद्यश्य रहेको उनले बताए ।
मधेसको राजधानी जनकपुरमा जन्मिएकी माता जानकी सिताको जन्म जयन्तीको सुरुवात पहिलो पटक कटहरिया बाट सुरु भएको तथा कटहरिया नगरपालिकाकै आयोजना मा अन्तर्राष्ट्रिय मुसायरा कार्यक्रम देखि कैयौं महत्त्वपूर्ण काम बितेको साढे ४ बर्षको अवधिमा पूरा गरेको मेयर कुश्वाहाले जिकिर गरे ।
बितेको कार्यकालमा आफ्नै पहलमा पुर्व पश्चिम् महेन्द्र राजमार्ग धन्सार देखि कटहरिया,गरुडा देखि कटहरिया सम्मको बाटोमा पिचको काम पूरा भएको उनले दावी गरे ।
१२ करोडको टेन्डरमा कटहरिया बजार निर्माणको काम, ५४ करोडको टेन्डरमा नगरक्षेत्रमा ढल तथा नाला निर्माण काम जस मध्ये ८० प्रतिशत काम पुरा भैसकेको कुश्वाहाले बताए ।
२८ करोडको टेन्डरमा छेदी चौकमा चिस्यान सहितको बजारीकरण निर्माणको काम भैरहेको छ । काठमाडौ निजगढ जोड्ने फास्टट्रेक निर्माणको काम पूरा भएपछि कटहरियामा उत्पादित हरिया तरकारी राजधानी सम्म पुर्याउन बजारीकरणले टेवा पुग्ने उनले बताए ।
मधेश प्रदेशमै दोस्रो स्थानमा तेस्रो सानोसहरि तथा खानेपानी को माध्यमले कटहरिया नगरको केही वडाका जनतालाई सुद्व खानेपानी पुर्याईरहेको तथा दोस्रो पटक निर्वाचित भएमा सम्पुर्ण वडामा पुर्याउने उदेश्य रहेकोे निबर्तमान मेयर कुश्वाहाले प्रतिबद्धता जनाए ।
कटहरिया नगरपालिका लाई खुला दिशामुक्त बनाउन घर घरमा चर्पी निर्माणको लागि रिंग बितरण गर्नुको साथै ट्याङ्की सफाईको लागि नगरपालिका बाट निशुल्क व्यबस्था गरेको उनले बताए। एउटा अहेवको भरमा चलेको प्राथमिक स्वास्थ केन्द्रमा तिनजना एमबीबीएस डाक्टर परिचालन गरेर नगरबासिको स्वास्थ उपचारको लागि २४ घन्टे आकस्मिक सेवा संचालन गरेको उनले बताए।

नगरबासिको सुबिधाको लागि घरायसी प्रयोजन र कृषि मिटरमा उठ्ने बिधुत महसुल कटहरिया नगरपालिकाले तिर्दै आएको छ ।
किसानको लागि निशुल्क विद्युत मोटर,दुग्ध ढुवानीको लागि निशुल्क क्यान बितरणका साथै शिक्षा प्रति महिलाको आकर्षक बढाउन प्रत्येक विद्यालयकी छात्रालाई निशुल्क साईकल बितरण गरिएको छ ।

बितेको कार्यकालमा बिपन्न र बेरोजगार लाई विभिन्न प्रकारको शिपमुलक तालिमको ब्यवस्थापन गरिएको थियो।
कटहरिया नगरपालिकाको मेयरको जिम्मेवारी पाउना साथ २०७४ सालमा लालबकैया नदिको बाढिले प्रायः सम्पुर्ण वडाका बाटोहरु क्षतिग्रस्त बनेको थियो ।
एउटा वडा बाट अर्को वडामा जाने अवस्था नरहेको कारण विकास बजेटको ७० देखि ८० प्रतिशत भाग भौतिक पुर्वाधार निर्माणमा खर्च भएको उनले जानकारी दिए।
कटहरिया नगरपालिकामा आफुले पुनः मेयरको रूपमा सेवा गर्ने अवसर पाएमा बिगत लाई उल्ट्याउंदै अबको दिनमा ७० प्रतिशत रकम चेतनामूलक कार्यक्रमका खर्च गरेर पुर्ण साक्षर नगरपालिका बनाउने सियाराम कुश्वाहाले प्रतिबद्धता व्यक्त गरे।

spot_imgspot_img
spot_img

लोकप्रिय

थप शिर्षकहरु