Friday, January 24, 2025

१५ वर्षिया बालिकालाई जबर्जस्ति करणी गरेको अभियोगमा एक युवक पक्राउ

पछिल्लाे समाचार


पर्सा , ९ चैत //
१५ वर्षिया बालिकालाई जबर्जस्ति करणी गरेको अभियोगमा पर्सा प्रहरीले एक जनालाई पक्राउ गरेको छ। पक्राउ पर्नेमा पर्साको बहुदरमाई नगरपालिका-९ विश्रामपुर निवासी ३५ वर्षीय सन्देश महतो कोइरी रहेका छन्।

बालिकालाई प्रेममा फँसाएर विवाह गर्छु भन्ने प्रलोभन देखाई पटकपटक बलात्कार गरेको आरोपमा कोइरीलाई नियन्त्रणमा लिएको जिल्ला प्रहरी कार्यालय पर्साका प्रहरी प्रवक्ता ओमप्रकाश खनालले जानकारी दिए।

कोइरिले गत चैत ६ गते मात्रै बालिकालाई वीरगञ्ज-१५ भिष्वास्थित आफ्नो डेराको कोठामा लगेर पुन: बलात्कार गरेका थिए । पीडितका अभिभावकले त्यसकै भोलीपल्ट प्रहरीमा कोइरीविरुद्ध दिएको किटानी जाहेरीको आधारमा उनलाई वीरगञ्ज-१३ बाट नियन्त्रणमा लिइएको प्रवक्ता खनालले जानकारी दिए।

कोइरीलाई जबरजस्ती करणी मुद्दामा जिल्ला अदालत पर्साबाट पाँच दिन म्याद थप गरी अनुसन्धान अगाडी बढाइएको पर्सा प्रहरीले जनाएको छ ।

spot_imgspot_img
spot_img

लोकप्रिय

थप शिर्षकहरु