Saturday, January 25, 2025

हर्साह दुर्घटना : राजनैतिक पुर्वाग्रह राखेर अनुशन्धान नगर्न एमाले रौतहटको आग्रह

पछिल्लाे समाचार

रौतहट ४ चैत / दुर्घटना गराउने चालकलाई छाडेको र घटनामा  स्थानिय प्रशासनले राजनैतिक पुर्वाग्रह राखेको भन्दै नेकपा एमाले रौतहटले त्यसको बिरोधमा बिज्ञप्ती निकालेको छ ।
स्थानिय प्रशासनले निस्पक्ष अनुशन्धान गर्न माग गर्दै यस्तै कृयाकलाप गरीरहे आन्दोलनको बिकल्प नरहेको समेत एमालेको  बिज्ञप्तीमा जनाएको छ ।
बुधबार राति चन्द्रनिगाहपुर–गौर सडकखण्डको हर्साह चोकमा जिपले ठक्कर दिँदा २ जनाको मृत्यु भएको थियो भने दुइजना प्रहरी घाइते भएका थिए ।
नेकपा एमाले रौतहटले शुक्रबार विज्ञप्ति जारी गर्दै दुर्घटनाको सत्यतथ्य पत्ता लगाउन र राजनीतिक पुर्वाग्रह नराख्न आग्रह  गर्दै बिज्ञप्ती निकालेको हो  ।
रौतहट एमालेका अध्यक्ष त्रिभुवन साह,अमर द्वारा जारी विज्ञप्तिमा  गाडी चालकलाई  एकदिन हिरासतमा राखेर पछि छाडेको र सवारी धनीलाई राजनितिक पुर्वाग्रह राखेर फसाउन खोजिएको जनाइएको छ ।
बिज्ञप्तिमा राजनीतिक पुर्वाग्रह राखेर अनुशन्धान लाई अन्यत्र मोड्ने  रौतहटका प्रमुख जिल्ला अधिकारी र जिल्ला प्रहरी प्रमुख एसपीलाई जिल्ला बाट  हटाउन समेत एमालेले माग गरेका छन् ।
बुधवार राति चन्द्रनिगाहपुरबाट गरुडा तर्फ गइरहेको बा १७ च ६१६३ नम्बरको पिकअप जिपले साढे ८ बजे हर्साहा चोकमा ठक्कर दिँदा वृन्दावन नगरपालिका–६ का ३५ वर्षीय जितेन्द्र पटेल र २८ वर्षीय हरी कुमार ठाकुरको मृत्यु भएको थियो । युवकहरुलाई ठक्कर दिएपछि अनियन्त्रित भएको पिकअपले  हर्साह  प्रहरी चौकीका  असई उपेन्द्रकुमार यादव र जवान मुस्तफा अन्सारीलाई समेत ठक्कर दिएको थियो । उनीहरु घाइते छन ।
घटनापछि मौलापुर नगरपालिका घर भएका सञ्जय पाण्डे र कुन्दन पाण्डे पक्राउ परेका थिए । पक्राउ परेका  कुन्दन पाण्डेले मदिरा सेवन गरेर गाडी  चलाएको इलाका प्रहरीका डीएसपी श्रीराम भण्डारीले त्यस समय संचारमाध्यमहरुलाइ जानकारी दिएका थिए ।
दुवै लाई आवश्यक परेको बेला हाजिर हुने गरि  एकदिन पछि  छाडीएको  उनले बताए ।
  बिहीबार मृतकका आफन्त विनोद राउत कुर्मीले    सवारीधनी नागेन्द्र साहको नाममा किटानी जाहेरी दर्ता गराएको  प्रहरीले जनाएको छ । सवारीधनी  निर्माण व्यवसायी नागेन्द्र साह  एमालेका स्थायी कमिटी सदस्य तथा पुर्वमन्त्री   प्रभु साहका नातामा भाइ पर्छन ।
“पिडित पक्षले  नागेन्द्र साहले सवारी चलाएको भनेर किटानी जाहेरी ल्याएपछि दर्ता गर्नै पर्‍यो,‘ डिएसपी भण्डारीले  भने,‘ अनुसन्धानबाट को चालक भन्ने खुल्छ ,बिदा परेकाले टेक्निकल अनुशन्धानको लागि समय पुगेन, पिडित पक्षले  पक्राउ परेका  बिरुद्ध जाहेरी दिएनन , आवश्क पर्दा आउने सर्तमा पाण्डेलाइ  छाडियो ।”
पिकअप  नागेन्द्र साहले केही बर्ष देखि मौलापुर नगरपालिका लाई भाडामा दिएका थिए ।मौलापुर नगरपालिकाकै कर्मचारीलाई महोत्तरी पुर्‍याएर फर्कने क्रममा हर्साहमा दुर्घटना भएको र तत्कालै प्रहरीले चालक कुन्दन पाण्डेलाई नियन्त्रणमा लिएको पनि  एमालेको विज्ञप्तिमा उल्लेख छ ।
रौतहटका प्रमुख जिल्ला अधिकारी कृष्णबहादुर शाही र एसपी विनोद घिमिरेले एमाले नेता  पुर्वमन्त्री प्रभु साह विरुद्ध  षड्यन्त्र गरेको भन्दै छानबिन गर्न  गृहमन्त्रालय संग अनुरोध गरेको छ ।
एमाले  नेता प्रभु साहले रौतहटको प्रशासन प्रमुख र एसपीले आफूविरुद्ध षड्यन्त्र गरिहरकोले अब आन्दोलन बाहेक विकल्प नरहेको बताएका छन् ।
‘वास्तविक चालकलाई छाडेर राजनैतिक  पुर्वाग्रह राखेर  फसाउने काम भएकाले  प्रशासन को बिरुद्घ आन्दोलन आवश्यक रहेको नेता साहको भनाइ छ ।
पिकअप धनी  नागेन्द्र साहले  आफूले सो गाडी बर्षौअघि नगरपालिका लाई भाडामा दिएको बताएका छन । त्यो गाडी आफुले नचलाएको बर्षौ भएको उनको दावी छ ।  उनले भने” भाडामा दिएको गाडी किन चलाउनु मेरो आफ्नै कार छ” उनले प्रश्न गरे ।
बिज्ञप्तिमा एमाले रौतहटले दुर्घटनामा मृत्यु भएकाहरु प्रति गहिरो दुख व्यक्त गर्दै श्रद्घान्जली व्यक्त गर्दै  र घाइतेहरुको शिघ्रस्वास्थ्यलाभको कामना समेत गरेको छ ।

spot_imgspot_img
spot_img

लोकप्रिय

थप शिर्षकहरु