बारा , ८ चैत //
बाराबाट लागूऔषधसहित एकजना भारतीय नागरिकलाई प्रहरीले पक्राउ गरेको छ । पक्राउ पर्नेमा बिहार राज्यको मोतिहारी जिल्ला ग्राम पञ्चायत पण्डरी-३ निवासी ३६ वर्षीय मोहमद मासुम रहेका छन्।
सिमा प्रहरी चौकी छतवा बाराबाट खटिएको प्रहरी टोलीले विश्रामपुर गाउँपालिका-१ बटम चोकस्थित सडक खण्डबाट भारतबाट नेपाल तर्फ आइरहेको विआर-३०-एफ-५१५६ नम्बरको मोटरसाइकल जांच गर्ने क्रममा प्रतिबन्धित लागुऔषध ब्राउनसुगरसहित उनलाई नियन्त्रणमा लिएको जनाएको बाराका प्रहरी नायव उपरीक्षक राजेश थापाले जानकारी दिए।
मासुमले मोटरसाइकलको भाइजरको भागमा प्लाष्टिकमा राखेको २० ग्राम ब्राउन सुगर बरामद भएको उनले बताए ।
मासुमलाई प्रहरीले मोटरसाइकलसहित नियन्त्रणमा लिएर लागूऔषध मुद्दामा अदालतबाट पाँच दिनको म्याद थप गरेर अनुसन्धान अगाडी बढाएको बारा प्रहरीले जनाएको छ ।