रौतहट , ६ फागुन //
राष्ट्रिय महिला क्रिकेट प्रतियोगिताको लागी मधेश प्रदेश को खेलाडी छनौट सम्पन्न गरिएको छ ।
शनिबार राति मधेश प्रदेश क्रिकेट संघले खेलाडीहरुको सूचि जारी गरेको हो ।
प्रदेश क्रिकेट संघले जारी गरेको सूचिमा रौतहटका चार खेलाडीले स्थान पाएकी छिन्।
प्रदेशको महिला क्रिकेट टिममा साना प्रविण, मधु राउत, प्रतिमा साह, एलिया यादव, मोनिका साह, प्रियंका गुप्ता, विमला मगर, भूमि सिंह, निक्की कुशवाहा, पुष्पा फुयाल, अंजलि चौधरी, वर्षा ढकाल र तुलसी बिक सहभागी छिन । यसै गरी वैकल्पीक खेलाडीमा अमिषा पटेल, सबनम खातुन, शिवानी सिंह र चान्दनी खातुन रहेकी छिन ।
राष्ट्रिय प्रतियोगितामा मधेश प्रदेशको म्यानेजर रोजी कडारी र कोच जहुर अंसारीलाई नियुक्त गरिएको छ ।
रौतहटबाट मधु राउत, मोनिका साह, भूमि सिंह र चान्दनी खातुनले स्थान पाएकी हुन् ।गौर २ कि मधु राउतले यस अघि पनि धनगढिमा भएको सिनियर राष्ट्रिय प्रतियोगितामा भाग लिएकी थिइन ।
गौरका ४ जना खेलाडीहरु राष्ट्रिय प्रतियोगिताका लागी टिममा सहभागी भएकोमा जिल्ला क्रिकेट संघले खुशी व्यक्त गरेको छ । क्रिकेट संघ रौतहटका अध्यक्ष पवन गुप्ताले छनौटमा परेका खेलाडीहरुले रौतहटको नाम राखेको बताउंदै चारै खेलाडी बधाइ दिएका छन् ।
बाराको कलैयामा भएको छनौट प्रतियोगिताबाट मधेश प्रदेशका लागी छानिएका खेलाडीहरु राष्ट्रिय प्रतियोगिताको लागी चैत्र ९ गते धनगढी जाने मधेश प्रदेश क्रिकेट संघले जानकारी दिएको छ ।