रौतहट , १९ फागुन //
गुजरा नगरपालिकामा माझी समुदायले कोशी (लदी) पुजा धुमधामका साथ मनाएका छन् ।
माझी अगुवा काजिमान माझीका अनुसार माझी समुदायले मनाउदै आएको कोशी पुजा अर्थात लदी पुजा वर्षमा एक पटक डुगा र खोलाको पानीको पुजा गरि मनाउने गर्दछन।
कोशी पुजा माझी समुदायको अस्तित्वसंग जोडिएकोले यसको जगेर्नाका लागि राज्य र स्वयम् माझी समुदाय नै सक्रिय हुनु पर्ने उनले बताए।
उक्त पुजामा माझी समुदायका महिला तथा युवतीहरुले आफ्नो संस्कृती झल्किने पहिरनमा नृत्य तथा विभिन्न कलाहरु प्रस्तुत गरेका थिए ।
पुजामा जिल्लाभरि नै बसोबास गर्ने माझी समुदायको उपस्थिति रहेको थियो ।