Friday, January 24, 2025

मधेस प्रदेशमा समयमा विद्युत महसुल नतिर्ने १२ हजार बढी ग्राहकको काटियो लाइन

पछिल्लाे समाचार


रौतहट , १० चैत //
मधेस प्रदेशमा लामो समयदेखि विद्युत महसुल नतिर्ने १२ हजारभन्दा बढी ग्राहकको विद्युत लाइन काटिएको छ।

विद्युत उपभोग गरे पनि लामो समयसम्म विद्युत महसुल नबुझाउने १२ हजार ८३३ ग्राहकको विद्युत लाइन काटिएको विद्युत प्राधिकरण मधेस प्रदेश प्रादेशिक कार्यालय जनकपुरधामले जनाएको छ।

विद्युत प्राधिकरण मधेस प्रदेश प्रादेशिक कार्यालयका प्रमुख इ मुनिन्द्र ठाकुरले मधेस प्रदेशका आठ वटै जिल्लास्थित वितरण केन्द्रबाट खटिएको टोलीले चालु आर्थिक वर्षको सात महिनाको अवधिमा विद्युत महसुल नबुझाउने ग्राहकको लाइन कट्टा गरी रु ६४ करोड ३५ लाख महसुल संकलन गरिएको जानकारी दिए।

लाइन कट्टा गरिएकामध्ये नौ हजार ७१४ जनाले पुनः लाइन जडान गरेको र त्यसबाट ४२ करोड ९२ लाख ३९ हजार १९० रुपैयाँ राजस्व संकलन भएको उनले बताए।

विद्युत मिटर लिएर बिजुली उपभोग गर्ने तर लामो समयसम्म महसुल नबुझाउने प्रवृत्ति बढेकाले विद्युत लाइन काट्ने अभियान चलाइएको उनको भनाइ छ।

spot_imgspot_img
spot_img

लोकप्रिय

थप शिर्षकहरु