Friday, January 24, 2025

चालक छाडेर सवारीधनी माथी जाहेरी दिएको भन्दै गुनासो

पछिल्लाे समाचार

रौतहट ४ चैत / मादक पदार्थ सेवन गरी सवारी चलाएर दुई जनाको ज्यान लिने पिकअप जीपको धनी माथि मृतकका परिवारले किटानी जाहेरी दिएका छन् ।
चालक माथी भने
रौतहटको गौर चन्द्रपुर सडक खण्ड अन्तर्गत पर्ने वृन्दावन नपा ६ हर्षाहा चोकमा पान पसलमा उभिरहेका स्थानीय ३७ बर्षिय जीतेन्द्र पटेल र २७ बर्षिय बर्षिय हरीकुमार ठाकुरलाई ठक्कर दिदा दुबैजनाको घटनास्थलमै मृत्यु भएका थियो ।
मृतक पटेल र ठाकुरको परिवारले संयुक्त रुपमा ठक्कर दिने बा. १७ च. ६१६३ नम्वरको बोलेरो पिकअप जीपको धनी मौलापुर नगरपालिकाका निर्माण व्यवसायी नागेन्द्र साह विरुद्ध इलाका प्रहरी कार्यालय गरुडामा किटानी जाहेरी दिएका छन् ।
पीडित पक्षले दिएको जाहेरीमा सवारी धनी साह दुर्घटना पश्चात भागेको र केही समयमा संजय पाण्डे, कुन्दन पाण्डे इलाका प्रहरी कार्यालय गरुडामा उपस्थित भएको गम्भीर आरोप लगाएको छ ।
मृतकका परिवारले सबारी धनी नागेन्द्र साह सहित केही व्यक्तिहरु उपर किटानी जाहेरी दिएको छ, प्रहरी गम्भीर भएर अनुसन्धान गर्दै अघि बढिरहेको छ, सिसिटिभी फुटेजको आधारमा पनि अनुसन्धान जारी छ, संलग्न जो कोही भएपनि अनुसन्धानको दायरामा ल्याई कानुनि कार्वाही गर्ने रौतहटका प्रहरी प्रमुख विनोद घिमिरेले प्रतिबद्धता जनाएका छन ।
राजनैतिक पुर्वाग्रही तरीका बाट चालक छाडेर धनी लाई फसाउन खोजेको एमाले रौतहटको आरोप छ ।
पिडित पक्षले घटना पछि आन्दोलन समेत गरेका थिए । बिहिवार स्थानिय प्रशासन र पिडित पक्ष बिच सहमती भएपछि परिवारले शव बुझेका थिए ।

spot_imgspot_img
spot_img

लोकप्रिय

थप शिर्षकहरु