मुकेश कुमार साह,रौतहट १६ चैत्र । रौतहटको चन्द्रपुरमा नियमित पानी नआउदा उपभोक्ताहरुले सास्ती खेप्नु परेको छ । गएको सोमवारबाट पानी नआएपछी स्थानीय बासिको कलको दुषित पानी खान बाध्य भएका छन । चन्द्रपुरका एक चिया पसले ले दुखेसो पोख्दै भने “पहिला थोरै पानी आएपनी दुई दिन देखि पानि आएको छैन, हामी कलको आर्सोनिक पानी खान बाध्य छौ । सम्बन्धित निकायले चासो नलिएका कारण यस्तो समस्या हुने गरेको स्थानियको आरोप छ । गर्मी महिना सुरु भएसंगै खानेपानीको अभाव हुदा समस्या भएको चन्द्रपुर ४ का सरोज राउतले जानकारी दिए । उनले बिगत एक महिना देखी आफ्नो टोलमा खानेपानीको समस्या भईरहेको बताए ।
जमिन मुनिको पानीको लियर सुकेकाले समस्या आएको चन्द्रपुर खानेपानी तथा सरसफाई उपभोक्ता संस्थाका सचिव राम बहादुर घलानले बताए । अहिले २० फिट खनेर उक्त ठाउँमा पुन पाईप राखेर पानी उपभोक्ता माझ पुर्याऊने प्रयास भईरहेको घलानले बताए । भोलि (मंगलवार)बाट पुनः पानी बितरण हुने उनको भनाई छ ।
चन्द्रपुर ४ मा रहेको दोस्रो पानी ट्यांकी संचालन नहुदा समेत चन्द्रपुर बासीले सास्ती खेप्नु परेको छ । ट्यांकी संचालनमा ल्याऊन सामाग्री भारतबाट ल्याउनु पर्ने भएकोले ढिला भएको खानेपानीका पदाधिकारीहरु बताऊछ्न । चन्द्रपुरमा मानिसहरु घनत्व बढ्दै जान थालेका कारण सबै ठाऊमा पानी पुर्याऊन नसकेको उनिहरुको भनाई छ । दोस्रो ट्यान्की संचालनमा आए संगै समस्या हट्ने दाबी उनिहरुले गर्छन । अहिले चन्द्रपुर खानेपानी तथा सरसफाई उपभोक्ता संस्थामा २४ सय भन्दा बढी उपभोक्ताको दर्ता रहेको छ । त्यसमध्य २१ सय को घरमा मात्र पानी पुग्ने गरेको छ । बाकि ३ सय बढी उपभोक्ताको घरमा धारा मात्र जडान रहेको छ । बस्ति बाक्लिएपछी सवै ठाउँमा खानेपानी बितरण गर्न कठिनाई भईरहेको सचिव घलानले जनाए । तर दर्ता भएको उपभोक्ताको घर घरमा पानी पुर्याउन आफुहरु लागि परेको उनले सुनाए ।