रौतहट , १० चैत //
राष्ट्रिय लिग फुटबल प्रतियोगितामा २०७८ मा भाग लिन जाने चन्द्रपुरका खेलाडीहरुले महिला खेलाडीहरुलाई चन्द्रपुर नगरपालिकाले विदाई गरेको छ।
बुधबार नगरपालिका कार्यालयमा एक समारोहको आयोजना गरि एन्फा राष्ट्रिय महिला लिग फुटबल प्रतियोगितामा भाग लिन जाने चन्द्रपुरका खेलाडीहरुले महिला खेलाडीहरुलाई सम्मान सहित विदाई गरेको हो ।
नगरप्रमुख रामचन्द्र चौधरीले जिल्लामा मात्र नभई सिंगो नेपाली महिला फुटबलको इतिहासमा चन्द्रपुरका खेलाडीहरुले कायम गरेको रेकर्ड स्मरण गराउँदै प्रतियोगितामा भाग लिन जाने खेलाडी हरुलाई उच्च मनोवलका साथ खेलेर चन्द्रपुरको शीर उच्च राख्न जितको अग्रिम शुभकामना समेत व्यक्त गरेका छन् ।
उक्त प्रतियोगिता चितवनको भरतपुर महानगरपालिकामा पहिलो चरणको खेल चैत्र १० गते देखि २९ गते सम्म संचालन हुन लागेको हो ।
विदाई कार्यक्रममा चन्द्रपुर नगरपालिकाका प्रमुख रामचन्द्र चौधरी,उपप्रमुख रामरती चौधरी, प्रमुख प्रशासकीय अधिकृत कृष्ण प्रसाद सिग्देल, अखिल नेपाल फुटबल संघ मधेश प्रदेश अध्यक्ष नेपाल कार्की , वडा अध्यक्ष अम्बर आले ,खड्ग बहादुर कुष्वार, रौतहट जिल्ला फुटबल संघका अध्यक्ष भगवान बहादुर दर्लामी, नेपाली राष्ट्रिय टिमका पुर्व क्याप्टेन खेलाडी राजु काजी शाक्य, टीम कोच ,खेलाडीहरू लगायत स्थानीय सञ्चारकर्मीको सहभागिता रहेको थियो ।