रौतहट ५ चैत । रौतहटको कटहरिया नगरपालिका ९ डुमरिया टोलमा होलि मनाउने क्रममा शुक्रबार राती दुईपक्ष बिच झडप भएको छ।
झडपमा दुई राउन्ड गोलि हवाई फायर भएको छ । ढुंगा हानाहानमा घाइते लाई उद्वार गर्न गएको तीनवटा एम्बुलेन्स मा पनि क्षेती पुगेको छ ।
बाबा डिस्टिलरीका संचालक ओम प्रकाश जयसवाल र कटहरिया ९ डुमरियाका वडा अध्यक्ष रामाज्ञा यादव पक्ष बीच भएको दोहरो झडपमा दुबैपक्षका तीनजना घाइते भएका छन ।
घाइते मध्ये वडा अध्यक्ष यादवका भतिज राजकुमार यादवको टाउकोमा गहिरो चोट लागेको र उनकै पक्षका महबुब मिंयाको अनुहारमा गहिरो चोट लागेको छ ।
उनीहरुको गरुडा स्थित सामान्य उपचार पछि थपउपचारको लागि रातिनै बिरगंज पठाईएको ईलाका प्रहरी कार्यालय गरुडाका डिएसपी श्रीराम भण्डारीले बताए ।
यस्तै जयसवाल पक्षका घाइते जटाशंकर साहको गरुडामा उपचार भैरहेको प्रहरीले जनाएको छ ।
टोलिले डिस्टिलरी संचालक ओमप्रकाश जयसवाल,वडा अध्यक्ष रामाज्ञा यादव सहित ५ जना लाई नियन्त्रणमा लिएको थियो । जयसवाल र वडा अध्यक्ष यादव लाई अबेर राती जिम्मा जमानिमा पठाईएको र दुबैपक्षका लालबाबु यादव,सुखल हजरा,रबि साह सहित ३ जना भने ईलाका प्रहरी कार्यालय गरुडाको नियन्त्रणमा रहेका छन ।
वडा अध्यक्ष रामाज्ञा यादवको भतिज राजकुमार यादव लाई कुटपिट गरि टाउकोमा बियरको बोतल प्रहार गरेपछि दोहरो झडप सुरु भएको बताइएको छ ।
जयसवालले आफ्नो लाईसेन्स भएको बन्दुक बाट ईलाका प्रहरी कार्यालय कटहरियाका सई सुरेश गुप्ताको रोहवरमा २ राउन्ड हवाई फायर गरेकाे र उनकै घरको छत बाट पटकपटक भएको ढुंगा प्रहार बाट तीनवटा एम्बुलेन्समा क्षति पुगेको वडा अध्यक्ष यादवको भनाइ छ ।
यता बाबा डिस्टिलरीका संचालक ओमप्रकाश जयसवालका अनुसार शुक्रबार होलिपर्व मनाएर गाडी लिएर घर तर्फ जाने क्रममा वडा अध्यक्ष पक्षका मानिसले बाटो अवरुद्ध गरेकाे र बाटो खुलाउने बिषयमा भएको सामान्य भनाभनमा वडा अध्यक्ष पक्षका मानिसले जयसवालका काका प्रेमलाल साह माथी हातपात गरेपछि दोहरो झडप भएको बताएका छन । आफुले हवाइ फायर नगरेको , आफ्नो छत बाट कसैले ढुंगामुढा नगरेको जयसवालको दाबी छ ।
ईलाका प्रहरी कार्यालय गरुडाका प्रमुख डिएसपी श्रीराम भण्डारीले घटना बारे थप अनुसंधान भैरहेको बताएका छन ।