Thursday, January 23, 2025

एम्बुलेन्सको ठक्करबाट रौतहटको एकजनाको मृत्यु

पछिल्लाे समाचार


पर्सा ,१३ चैत //
पर्सामा एम्बुलेन्सको ठक्करबाट रिक्सामा सवार एकजनाको मृत्यु भएको छ भने अन्य पांच जनाको घाइते भएका छन् । मृत्यु हुनेमा रौतहटको ब्रम्ह्पुरीका ४५ बर्षीय परिक्षण राउत रहेका छन्।

शनिबार राति जिल्लाको वीरगन्ज महानगरपालिका वडा नं. १६ नगवा चोकमा अन टेष्ट लेखिएको एम्बुलेन्सले ना २ ह २७६६ नम्बरको रिक्सालाई ठक्कर दिएको थियो ।

दुर्घटनामा घाइते भएका राउतको उपचारको क्रममा स्थानिय अस्पतालमा राती सवा १२ बजे मृत्यु भएको जिल्ला प्रहरी कार्यालय पर्साका प्रहरी प्रवक्ता ओमप्रकास खनालले जानकारी दिए ।

त्यस्तै घाइते भएका वीरगन्ज महानगरपालिका–१६ रामटोलकी ३१ बर्षीया काजल देवी, २५ बर्षीय धुरेन्द्र राउत, ४१ बर्षीया मन्जुदेवी, १५ वर्षीय अनिकेत पटेल र १७ बर्षीया अंजली पटेलको वीरगंजस्थित नारायणी उप–क्षेत्रीय अस्पतालमा उपचार भइरहेको उनले बताए।

ठक्कर दिने एम्बुलेन्स चालकलाई प्रहरीले नियन्त्रणमा लिएको तथा घटना सम्बन्धमा थप अनुसन्धान भइरहेको पर्सा प्रहरीले जनाएको छ।

spot_imgspot_img
spot_img

लोकप्रिय

थप शिर्षकहरु