मुकेश कुमार साह रौतहट १६,चैत्र । २०७९ बैशाख ३० गते स्थानीय तहको निर्वाचनको मिति घोषणा भएपछि राजनीतिक बृत्तमा उम्मेदवारहरुको चर्चा शुरु भएको छ । स्थानीय सरकार का जनप्रतिनिधी कस्ता चयन गर्ने भन्ने विषयमा जनतामा चासो र चिन्ता पनि छ । जनता प्रति ईमानदार जनताको सेवक समग्र समाजको भावी रणनिती र विकास गर्न सक्ने एक कुशल नेतृत्व चयन गर्न जनता आतुर रहेका छन । यसै बीच गुजरा नगरपालिका वडा नं ३ मा नेकपा एमालेबाट वडा अध्यक्षमा इश्वर प्रधान (तुला) को चर्चा व्यापक छ । प्रधान जनता प्रति ईमानदार युवा केहि गर्न सक्ने युवाको रुपमा परिचित छन ।
निरन्तर जनता प्रति जनजिवीकाको सवालमा खरोरुपमा बोल्दै आउनुभएका युवा नेता प्रधान अहिले वडा अध्यक्षको रुपमा जनताले समेत खाेजेकाे नाम हाे । युवा जमातमा लोकप्रिय रहेका प्रधानलाई स्थानिय जनतादेखि पार्टीपङ्ग्ति सबै तिरबाट साथ मिल्ने अपेक्षा उनको पक्षमा खुलेर लागेका युवाहरु बताउँछन् ।
नेतृत्व क्षमता, सामाजिक कार्यमा सकृयता, जनगुनासो सुन्ने र समस्या पहिचान गर्दै समाधानमा लाग्ने, मिलनसार, सहयोगी स्वभाव अनि अग्रजप्रतिको सम्मान र अनुजप्रति उनले देखाउने प्रेम वडा अध्यक्ष पदको लागि मुख्य कडी बन्ने देखिन्छ । पार्टीले अबसर दिएको खण्डमा आफु वडाको नेतृत्व लिन तयार भएको प्रधान बताउँछन् । उनि समाजसेवीको रुपमा समेत नगरमा परिचित छन् ।
२०७४ सालमा आएको बाढीले पिडित भएका पीडकहरुलाई बिभिन्न संस्थाहरु संग समन्वय गरेर आवश्यक सामग्रीहरु बाडेका थिए । उनले रौतहटको गुजरा ३ लगायत टिकुलिया, मोहम्मदपुर, पोठियाही,गरुडा, मलाही टोल, भेडियाही लगायत रौतहट बिभिन्न स्थानमा करिब २ हजार बढी पिडितलाई लत्ता -कपडा तथा खाद्यान्न सामग्री सहयोग गरेको सुनाउछन्। उनले गुजरा नगरपालिका ३ मा रहेको धार्मिक पर्यटकीय पौराणिक मन्दिर कंकालीमाईको मन्दिर जाने बाटो बनाउन समेत भूमिका खेलेको स्थानियहरु बताउछन्।
राष्ट्रिय युवा संघ नेपाल केन्द्रीय कमिटी सदस्य समेत रहेका प्रधान पार्टीको वडा कमिटिको अध्यक्ष को जिम्मेवारीमा छन । वडामा विकास प्रेमीको खाँचो रहेको हुँदा आफ्नो अध्यक्ष पदमा दाबी रहेको बताउँदै प्रधानले यसपटक पार्टीले आफूलाई टिकट दिए अध्यक्ष पदमा विजयी हुने बताउँछन् ।
उनले आफु पार्टी र पार्टीको गरिमालाई उठाउन निरन्तर लागिरहेको स्मरण गर्दै यसपाली पार्टीले आफुलाई टिकट दिएर वडा अध्यक्षको रुपमा जनसेवा गर्ने अवसर प्रदान गर्नेमा ढुक्क रहेको बताए ।
सधैंसधैं यो पार्टी (नेकपा एमाले) को विकास र उन्नयनमा सदाझैँ भन्दा अझ बढी क्रियाशील भएकोले आउँदो स्थानीय चुनावमा उम्मेदवारको दाबेदार रहेको उद्घोष गरेका छन् ।