Friday, January 24, 2025

एमालेको गरुडामा प्रर्दशन

पछिल्लाे समाचार


रौतहट ८ चैत / हर्साह मा भएको दुर्घटनामा चालक छोडेर गाडीधनी लाई फसाउन खोजेको भन्दै एमाले ले गरुडामा मंगलवार  प्रर्दशन गरेको छ ।
पिडीत लाई न्याय दिन र निर्दोष लाई नफसाउन आन्दोलनकारीहरुले माग राखेका छन /
पिडित लाई न्याय दे, घटनाको छानबिन समिति गठन ,निर्दोष फसाउन पाइदैन जस्ता नारा लगाउदै गरुडा बजारमा मंगलवार  प्रर्दशन गरेका हुन ।
बुधबार राति चन्द्रनिगाहपुर–गौर सडकखण्डको हर्साह चोकमा जिपले ठक्कर दिँदा २ जनाको मृत्यु भएको थियो भने दुइजना प्रहरी घाइते भएका थिए ।
नेकपा एमाले रौतहटले शुक्रबार विज्ञप्ति जारी गर्दै दुर्घटनाको सत्यतथ्य पत्ता लगाउन र राजनीतिक पुर्वाग्रह नराख्न आग्रह  गर्दै बिज्ञप्ती निकालेको थियो  ।
बुधवार राति चन्द्रनिगाहपुरबाट गरुडा तर्फ गइरहेको बा १७ च ६१६३ नम्बरको पिकअप जिपले साढे ८ बजे हर्साहा चोकमा ठक्कर दिँदा वृन्दावन नगरपालिका–६ का ३५ वर्षीय जितेन्द्र पटेल र २८ वर्षीय हरी कुमार ठाकुरको मृत्यु भएको थियो । युवकहरुलाई ठक्कर दिएपछि अनियन्त्रित भएको पिकअपले  हर्साह  प्रहरी चौकीका  असई उपेन्द्रकुमार यादव र जवान मुस्तफा अन्सारीलाई समेत ठक्कर दिएको थियो । उनीहरु घाइते छन ।
घटनापछि मौलापुर नगरपालिका घर भएका सञ्जय पाण्डे र कुन्दन पाण्डे पक्राउ परेका थिए । पक्राउ परेका  कुन्दन पाण्डेले  जीप  चलाएको र दुर्घटना भएको बताइएको थियो ।
दुवै लाई आवश्यक परेको बेला हाजिर हुने गरि छाडीएको  उनले बताए ।
  बिहीबार मृतकका आफन्त विनोद राउत कुर्मीले    सवारीधनी नागेन्द्र साहको नाममा किटानी जाहेरी दर्ता गराएका थिए ।
  सवारीधनी  निर्माण व्यवसायी नागेन्द्र साह  एमालेका स्थायी कमिटी सदस्य तथा पुर्वमन्त्री   प्रभु साहका नातामा भाइ हुन । राजनैतिक पुर्वाग्रह राखेर जाहेरी दिएको उनको  गुनासो छ ।
गरुडाका डिएसपी श्रीराम भण्डारीले  अनुसन्धानबाट को चालक भन्ने खुल्छ , टेक्निकल अनुशन्धान भैरहेको जनाएका छन ।
पिकअप  नागेन्द्र साहले केही बर्ष देखि नगरपालिका लाई भाडामा दिएकाे जनाएका छन ।

spot_imgspot_img
spot_img

लोकप्रिय

थप शिर्षकहरु