Thursday, January 23, 2025

सेफ्टी ट्याङ्कीको फोहोर जथाभावी फाल्दै

पछिल्लाे समाचार


रौतहट , ९ चैत //
रौतहटको चन्द्रपुर नगरपालिका भित्रका सेफ्टी ट्याङ्कीको फोहोर जथाभावी फाल्न थालेको छ ।

चन्द्रपुरका घरबाट निकालिएको सेफ्टी ट्याङकीको फोहोर चन्द्रनिगाहपुर र सन्तपुरको बीचमा पर्ने घोडीदेवी मन्दिर नजिक फालिने गरिएको छ ।

ट्याक्टरवालाले सेफ्टी ट्याङकीको फोहोर मन्दिर नजिक फाल्दा मन्दिर सम्म गन्धका कारण बस्नै नसक्ने अवस्था आएको छ। चन्द्रपुर गौर राजमार्गको छेउमा फोहोर फाल्दा रोडमा हिडनेले नाक थुनेर हिडनु पर्ने बाध्यता रहेको छ ।
घर घरको फोहोर निकाल्ने सेफ्टी ट्याकी बालाले चन्द्रनिगाहपुर निजगढ सडक खण्ड र चन्द्रनिगाहपुर बागमती सडक खण्डको पुर्व पश्चिम राजमार्गको छेउमै फाल्दै आएका थिए।

तर अहिले गौर रोडको घोडीदेवी मन्दिर नजिक फाल्न थालेका छ्न ।

फोहोर फाल्ने निस्चित ठाउको अभाव भएकाले समेत यस्तो फोहोर उठाउनेले जहां मन लाग्यो त्यही फाल्ने गरेको स्थानीयको भनाइ रहेको छ ।
यसरी मन लाग्दी फोहोर फाल्ने ट्याकी चालकलाई कार्वाहीको दायरामा ल्याउनु पर्ने स्थानीयको माग छ।

spot_imgspot_img
spot_img

लोकप्रिय

थप शिर्षकहरु