Monday, January 27, 2025

रौतहटमा भएको विकास निर्माणको काममा अनियमिता भएको भन्दै एक युवाले गरे उभिएर आन्दोलन

पछिल्लाे समाचार


रौतहट , ११ चैत //
रौतहटमा भएको विकास निर्माणको काममा चरम आर्थिक अनियमिता भएको र त्यसको छानविनको लागि माग गर्दै एक युवा गत पांच दिनदेखि गौरको बिपि चोकमा उभिएर आन्दोलनमा उत्रेका छन् ।

विश्व बैंकको आर्थिक सहयोगमा जिल्लामा भएको निर्माणको काममा आर्थिक अनियममिता भएको भन्दै सो बिषयमा छानबिन हुनुपर्ने माग राख्दै गौरका स्थानीय युवा रघुनाथ गुप्ता गत पांच दिनदेखि उभिएर आन्दोलनमा उत्रेका हुन्।
साह आफ्नो जिल्लामा विश्व बैंकले दिएको आर्थिक सहयोगमा समेत चरम आर्थिक अनियमिता भएको देखेपछि छानबिनका लागि बिभिन्न निकायमा धाएपनि कतै सुनुवाई नभएपछि स्थानीय सर्बसाधारण जगाउनु पर्छ भन्दै गौरको बिपि चोकमा माइकमा राष्ट्रिय गान बजाएर उभिएर बसेका हुन्।
देशमा प्रजातन्त्र आएपछि मात्र रौतहट जिल्लामा दुई सय करोड रुपैया सहरी विकास मन्त्रालय मार्फत भएको काममा चरम आर्थिक अनियमिता भएको र भएको काम समेत गुणस्तरहिन भएको भन्दै गुप्ता एक्लै बिरोधमा उत्रेका हुन् ।
जिल्लाको गौर नगरपालिका ,राजदेवी नगरपालिका र यमुनामाई गाउपालिकामा मात्र दुई सयको काम भएको कागजी घोडा दौडाएर आर्थिक अनियमिता भएको र त्यसको छानबिनको माग गर्दै उनले हस्ताक्षर संकलनको काम समेत थालेका छन् ।
सहरी विकास मन्त्रालयबाट आएको सो रकमबाट बाटो र नाला ३० फिटको चौडाई बनाउनु पर्नेमा कतै १८ फिट र कतै २० फिटको मात्र बनाएर आर्थिक अनियमिता हुदा समेत कसैको ध्यान नगएका कारण रौतहट जिल्ला विकासमा पछाडी परेको उनको तर्क छ ।
पुर्व प्रधानमन्त्री माधव कुमार नेपालले शिलन्यास गरेको ५२ किलोमिटर सडकहरु बरहवा ,ब्रम्ह्पुरी ,बरहवा आंखा अस्पताल ,कबिर चोक –सियाप्यालेस ,नसिंङ क्याम्पस ,मुडवलवा लगाएतका सडकको काम गुणस्तरहिन भएको र त्यसको छानबिन हुनुपर्ने गुप्ताको माग रहेको छ ।

spot_imgspot_img
spot_img

लोकप्रिय

थप शिर्षकहरु