Wednesday, January 22, 2025

मौलापुरमा मधानी महायज्ञ तथा महोत्सव शुरु

पछिल्लाे समाचार

मुकेश कुमार साह, /
रौतहट १७ फाल्गुन ।
हरेक बर्ष शिवरात्रीको अवसरमा रौतहटको मौलापुर-५, पतौरामा लाग्दै आएको मधानी महोत्सवमा यस बर्षपनि उत्साहजनक सहभागिता देखिएको छ । मौलापुर नपाद्वारा आयोजित ऐतिहासिक मधानी महोत्सव हेर्न करिव २ लाख भन्दा बढी मानिसको सहभागिता देखिएको आयोजक को दाबि छ । ऐतिहासिक, साँस्कृतिक, धार्मिक पर्यटक मधेशमा भित्र्याउने उद्देश्यले पनि यो महोत्सवको आयोजना गर्दै आएको आयोजकको भनाइ छ।
कर्नाटककालीन शिवको मन्दिर फेला परेपछि सो स्थानमा ३ बर्ष देखी महायज्ञ तथा महोत्सव आयोजना गरिदै आएको छ । महोत्सवमा नेपाली चलचित्रका महानायक राजेश हमाल ,चर्चित भोजपुरी नायक र गायक खेसारीलाल यादव,भोजपुरी अभिनेत्री रानी चटर्जी तथा नेपालका चर्चित टिक-टकर प्रिती पासवान,सोमिया पोखरेल,बिटु दास लगायतले प्रस्तुती दिएका थिए । मधानी महायज्ञमा नेपाल र भारतका करिब एक सय साधुसन्तहरुको पनि सहभागिता रहेको पुरातात्विक महादेव मन्दिरका पूजारी मोसाफिर साहले बताउनु भयो ।
यस वर्ष मधानी महायज्ञको उदघाटन पूर्व उपप्रधानमन्त्री तथा नेकपा एमालेका नेता टोप बहादुर रायमाझीले गर्नु भएको थियो । कार्यक्रमको अध्यक्षता मौलापुर नगरप्रमुख रिना कुमारी साहले गर्नु भएको थियो भने कार्यक्रम सञ्चालन प्रमुख प्रशासकिय अधिकृत रामबाबु साहले गर्नु भएको थियो । कार्यक्रममा स्वागत मन्तव्य उपप्रमुख गौरीशंकर जयसवालले राख्नु भएको थियो । कार्यक्रममा एमालेका नेता तथा पुर्व मन्त्री प्रभु साह , एमालेका केन्द्रिय सदस्य कुन्दन कुशवाहा, कटहरियाका मेयर सियाराम कुशवाहा लगायतको राजनितीका विशिष्ठ श्रेणीका व्यक्तित्वहरुको सहभागिता रहेको थियो।
करिब एक हजार वर्षअघि निर्माण भएको सो मन्दिरको प्रचार गर्ने उद्देश्यले महायज्ञ तथा महोत्सव आयोजना गर्दै आएको मौलापुर नगरपालिकाकी मेयर रिना साहले बताउनु भयो ।

spot_imgspot_img
spot_img

लोकप्रिय

थप शिर्षकहरु