Thursday, January 23, 2025

मेयर पटेल माथी अख्तियार द्वारा मुद्घा दर्ता

पछिल्लाे समाचार

रौतहट ६ चैत / देवाहीगोनाही नगरपालिकाका नगर प्रमुख धर्मेन्द्र प्रसाद पटेलले उपभोक्ता समितिबाट भवन निर्माण सम्पन्न पश्चात अन्तिम बिल भुक्तानी दिने क्रममा बिभिन्न बहाना बनाई सेवाग्राहीसँग घुस मागेको भन्दै पक्राउ परेका मेयर पटेल बिरुद्घ आइतवार मुद्घा दर्ता भएको छ ।
५ लाख घुस माग गरिरहेको भन्‍ने सूचना एवं उजुरी निवेदनका आधारमा अख्तियार दुरुपयोग अनुसन्धान आयोग, टंगालबाट खटिई गएको टोलीद्वारा नगर प्रमुख धर्मेन्द्र प्रसाद पटेल, निजका सहयोगी अशोक प्रसाद पटेललाई घुस बापत दुई लाख पचास हजार रुपैयाँ नगद र दुइ लाख पचास हजार रुपैयाँ को चेक लिइसकेको अवस्थामा फागुन १५ गते नियन्त्रणमा लिइएको अख्तियार ले जनाएको छ ।
अनुसन्धानको सिलसिलामा जिल्ला रौतहट, देवाही गोनाही, नगरपालिकाका नगर प्रमुख धर्मेन्द्र प्रसाद पटेल र निजका सहयोगी अशोक प्रसाद पटेलको मिलेमतोमा उपभोक्ता समितिबाट भवन निर्माण सम्पन्न पश्चात अन्तिम भुक्तानी दिने क्रममा पाँच लाख रुपैयाँ लिएको पाइएको हुँदा निजहरुको उक्त कार्य भ्रष्टाचार निवारण ऐन, २०५९ को कसुर भएकोले नगर प्रमुख धर्मेन्द्र प्रसाद पटेल र अशोक प्रसाद पटेललाई पाँच लाख रुपैयाँ बिगो कायम गरी भ्रष्टाचार निवारण ऐन, २०५९ को दफा ३ को उपदफा (१) र ऐ. दफा ३ को उपदफा (१) को देहाय खण्ड (घ) मा उल्लेख भएबमोजिम सजायको मागदाबी लिई भ्रष्टाचार निवारण ऐन, २०५९ को दफा ३६ बमोजिम आइतवार विशेष अदालत, काठमाडौंमा आरोपपत्र दायर गरेको अख्तियार दुरुपयोग अनुशन्धान आयोग ले बिज्ञप्ति मार्फत जनाएको छ ।

spot_imgspot_img
spot_img

लोकप्रिय

थप शिर्षकहरु