रौतहट ६ चैत / मुसहर बस्तीका अधिकाश बालबालिकाको जन्मदर्ता नहुदा सरकारी सुबिधा बाट बन्चित छन ।
जन्मदर्ता बनाउन बुबाआमाको नागरिकता पेस गर्नु पर्नेमा कतिपय बुबा आमाको नागरिकता नभएपछि छोरा/छोरी जन्मदर्ताबाट वञ्चित भएका हुन्।
जन्मदर्ता नभएका कारण बालबालिकाले स्थानीय तहबाट पाउने पोषण भत्ता , लगाएत सरकारले दिने सुबिधा समेत पाएका छैनन।
चन्द्रपुर–९ डुमरियास्थित मुसहर बस्तीकी २४ वर्षीया कविता माझी मुसहरका चार छोरीको पनि आमाको नागरिकता नभएको कारण जन्मदर्ता बनेको छैन ।
जन्मदर्ता नहुदा छोरीहरूलाई स्कुल भर्नासमेत गर्न नपाएको उनको गुनासो छ । भर्ना गर्न जादा जन्मदर्ता मागेको उनीहरु सुनाउछन ।
उक्त मुसहर बस्तीका अधिकांश बालबालिकाको जन्मदर्ता नभएको स्थानीय संजय माझि मुसहरले बताए ।
जन्मदर्ता बनाउन जाँदा आमाबुबाको नागरिकता र विवाह दर्ता चाहिन्छ । बच्चा जन्मेको ३५ दिनभित्र जन्मदर्ता गराउँदा शुल्क नलाग्ने र त्यसपछि २ सय शुल्क लाग्ने वडासचिव हरु बताउछन ।
वडा नम्बर ९ को वडा कार्यालयले नागरिकता चाहिने भन्दै जन्मदर्ता गरेको छैन ।
सो वडाका अध्यक्ष गोविन्द दुलालले अभिभावकले यथार्थ भनेपछि कागज मिलाएर सहयोग गर्न सकिन्छ । अब गाउँमै कर्मचारी पठाएर जन्मदर्ताको पहल गर्ने बताए ।
सामाजिक सुरक्षा सञ्चालन कार्यविधिमा एउटै आमाबाट जन्मेका दुई जनासम्म बालबालिकाले पोषण भत्ता पाउने व्यवस्था गरेको छ ।
रौतहटमा सयौ बालबालिका जन्मदर्ता बाट बन्चित रहेको मुसहर समुदायका अगुवाहरु बताउछन ।
जिल्लामा ६० वटा मुसहर बस्ति छ । करीव २० हजारको हाराहारीमा जनसख्या छ । शिक्षा, स्वास्थ्य बाट यो समुदाय बन्चित जस्तै छ ।