Thursday, January 23, 2025

मधेस प्रदेशमा २१ हजार म्यादी प्रहरीको माग

पछिल्लाे समाचार


रौतहट , ८ चैत //
बैशाख ३० गते हुने स्थानीय तहको निर्वाचनका लागि मधेस प्रदेशमा २१ हजार भन्दा बढी म्यादी प्रहरी भर्ना गरिँदैछ।

प्रहरी प्रधान कार्यालयले स्थानीय तहको निर्वाचनका लागि १ लाख म्यादी प्रहरी माग गरेकोमा मधेश प्रदेशमा २१ हजार ६ सय ९८ जना माग गरेको मधेश प्रदेश प्रहरी कार्यालयका प्रहरी प्रवक्ता तुल बहादुर कार्कीले जानकारी दिए।
निर्वाचनका लागि धनुषामा ३ हजार ४ सय ८६ जना , सप्तरीमा ३ हजार १ सय ३९, सर्लाहीमा ३ हजार ८८, महोत्तरीमा २ हजार ७ सय ३६, रौतहट २ हजार ५ सय ८९, बारा २ हजार ५ सय २८, सिरहामा २ हजार ३ सय ३१ र पर्सामा १ हजार ८ सय १ जना म्यादी भर्ना गरिने प्रदेश प्रहरी कार्यालय जनकपुरले जनाएको छ।

म्यादी प्रहरी भर्नाका लागि आह्वान गरेको विज्ञापनमा पहिलो र दोश्रो दिन मात्र आठ वटै जिल्लाबाट झण्डै १० हजार दरखास्त परेको छ।
म्यादी प्रहरीको ४० दिनको जागिरका लागि चैत ११ गतेसम्म दरखास्त दिन समय निर्धारण गरिएको प्रदेश प्रहरी कार्यालय जनकपुरले जानकारी दिएको छ।

spot_imgspot_img
spot_img

लोकप्रिय

थप शिर्षकहरु