सप्तरी , २० फागुन //
मधेश सरकारले सप्तरीमा १२ जनयुद्ध सहिद परिवारलाई १-१ लाख रुपैयाँ आर्थिक सहयोग गरेको छ ।
बिहीबार राजविराजमा एक समारोहबीच मधेश सहिद प्रतिष्ठानका अध्यक्ष समेत रहेका आन्तरिक मामिला तथा सञ्चारमन्त्री भरत प्रसाद साहले १।१ लाख रुपैयाँको चेक र कदरपत्र सहिद परिवारहरुलाई वितरण गरेका हुन् ।
सप्तरीका तिरहुत गापाका रामकुमार मुखिया ,जिवानन्द यादव,अग्नी सायर गापाका गुणानन्द चौधरी ,सुरुगा नपाका दुर्गा पौडेल,अर्जुन कोइराला,डाकनेश्वरी नपाका रमेश राम, रामेश्वर चौधरी, राजगढ गापाका वीरेन्द्र यादव, सकलदेव यादव, राम विलास राम, वलान विहुल गापाका कमलेस यादव, जुक्ती यादव सहिदका परिवारलाई नगद र सम्मानपत्र हस्तान्तरण गरिएको हो ।
मन्त्री साहले जनयुद्धका बेला शहादत भएका तथा छुटेका सम्पुर्ण सहिद परिवारलाई अर्को चरणमा नगद र सम्मानपत्र हस्तान्तरण गर्ने प्रतिवद्धता जनाएका छन्।
सो अवसरमा प्रदेश सांसदद्वय जगत प्रसाद यादव, प्रमिला यादव , संविधान सभा सदस्य एव नेकपा माओवादी केन्द्रका सप्तरी ईन्चार्य अमर मण्डल, मन्त्रालयका सचिव राम कुमार महतो, सप्तरीका प्रमुख जिल्ला अधिकारी जनार्दन गौतम , नेपाल पत्रकार महासंघ सप्तरीका अध्यक्ष श्रवण कुमार देव लगायतको सहभागिता रहेको थियो ।