बारा , ११ चैत //
बारा प्रहरीले बैंकिङ् कसूर मुद्धाका एक फरार प्रतिवादीलाई पक्राउ गरेको छ ।
पक्राउ पर्नेमा बाराको जितपुर सिमरा उपमहानगरपालिका ४ निवासी ६८ वर्षीय कृष्ण बहादुर थापा रहेका छन् ।
महानगरीय अपराध महाशाखाको टोलीले थापालाई नियन्त्रणमा लिएको हो। काठमाण्डौको बुढानिलकण्ठ नगरपालिका ८ घर भई जितपुर सिमरा बस्दै आएका थापालाई उच्च अदालत पाटनले दोषी ठहर गर्दै १ वर्ष कैद र १ करोड २५ लाख बिगो बापतको जरिवाना सुनाएको थियो ।
उक्त रकम दाखिला नगरी फरार रहेका थापालाई विशेष सूचनाको आधारमा प्रहरीले बाराबाट पक्राउ गरेको जनाइएको छ ।
उक्त फैसला कार्यन्वयनका लागि थापालाई जिल्ला प्रहरी कार्यालय बाराको सहकार्यमा काठमाण्डौ जिल्ला अदालतमा पेश गरिएको बारा प्रहरीले जानकारी दिएको छ ।