महोत्तरी , ११ चैत //
महोत्तरीबाट प्रतिबन्धित लागूऔषधसहित तीन जनालाई प्रहरीले पक्राउ गरेको छ।
पक्राउ पर्नेहरुमा झापा शिवसताक्षी नगरपालिका घर भइ हाल बर्दिबासमा बस्ने ३९ वर्षीय बलिराम भण्डारी, सर्लाही रामनगर गाउँपालिकाका २१ वर्षीय अरुणकुमार दास र मलङगवा नगरपालिकाका २२ वर्षीय मुकेश साह रहेका छन् ।
लागूऔषध कारोबार तथा प्रयोग गरिरहेको गोप्य सूचनाको आधारमा खटिएको इलाका प्रहरी कार्यालय गौरिडाडाले बर्दिबासस्थित देउराली माध्यमिक विद्यालय नजिकै जंगलको खोल्सीमा लागूऔषध कारोवार गर्दै गरेको अवस्थामा तीनै जनालाई पक्राउ गरेको हो ।
उनीहरुको साथबाट डियाजपान इन्जेक्सन ३५ एम्पुल, प्रोमेथाजिन हाइड्रोक्लोराइड ३५ एम्पुल र लेबलिङ्ग नभएको ३५ थान एम्पुलसहित १०५ थान एम्पुल बरामद गरेको प्रहरीले जनाएको छ ।
तीनैजनामाथि थप अनुसन्धान गरिरहेको जिल्ला प्रहरी कार्यालय महोत्तरीले जाकारी दिएको छ।