सर्लाही , १० चैत //
सर्लाहीबाट प्रतिबन्धित लागुऔषध सहित एक भारतीय नागरिकलाई प्रहरीले पक्राउ गरेको छ।
पक्राउ पर्नेमा भारतकाे बिहार प्रदेश अन्तर्गत मधुवनी जिल्ला ग्राम पोष्ट बिरौल थाना खजौली वडा नं.१३ निवासी २४ वर्षीय उमेश कुमार सिंह रहेका छन्।
बुधबार दिउँसाे भारतीय सीमावर्ती पर्सा गाउँपालिका-६ मा चेकजाँच गर्ने क्रममा प्रदेश-३-०२-०११ प. ७०३२ नम्बरको मोटरसाईकल चेकजाँच गर्दा सिंहकाे साथबाट १०० एमएलकाे १०० बाेतल काेल्डवेल र १०० एमएलकै ५० बाेतल डाईलेक्स डीसी लागुऔषध बरामद भएको जिल्ला प्रहरी कार्यालय मलंगवाले जनाएकाे छ ।
बरामद लागूपदार्थ र माेटरसाईकल सहित पक्राउ परेका सिंहलाई जिल्ला प्रहरी कार्यालय मलंगवामै राखेर लागुऔषध नियन्त्रण ऐन अन्तर्गत अनुसन्धान प्रकृया अगाडि बढाईएकाे जिल्ला प्रहरी कार्यालय मलंगवाका प्रवक्ता प्रहरी नायब उपरीक्षक माधव प्रसाद बुढाथाेकीले जानकारी दिए ।