महोत्तरी , ६ चैत //
महोत्तरीमा पोखरीमा डुवेर एक युवकको मृत्यु भएको छ। मृत्यु हुनेमा जिल्लाको मुखियापट्टी मुसरनियाँ गाउँपालिका–३ का १८ वर्षीय सुमन ठाकुर रहेका छन् ।
उक्त पोखरीमा तीन युवक पौडी खेल्न गएका थिए । स्थानीयवासीले पानीमा डुबेका ती युवालाई जिवितै उद्धार गरि उचारका लागि अस्पताल लैजादै गर्दा ठाकुरको मृत्यु भएको प्रहरीले जनाएको छ ।
त्यस्तै महोत्तरी गाउँपालिका–५ गौरीगामा गाउँमा पोखरीमा डुबेर बेहोस भएका एक युवकको गए राति उपचारका क्रममा मृत्यु भएको छ । मृत्यु हुनेमा २५ वर्षीय राकेश पासवान रहेको जिल्ला प्रहरी कार्यालयका प्रहरी नायब उपरीक्षक प्रकाश विष्टले जानकारी दिए ।
होली खेलेर शनिवार साँझ गाउँमै रहेको पोखरीमा नुहाउन गएका युवक राकेश पौडी खेल्ने क्रममा पोखरीमै बेहोस भएपछि स्थानीयवासीले उद्धार गरेर उपचारका लागि प्रादेशिक अस्पताल जनकपुर पठाएको थिए ।