Friday, January 24, 2025

पुर्व मन्त्रि प्रभु साह विरुद्व सांसद झाले दिइन उजुरी

पछिल्लाे समाचार


रौतहट , १० चैत //
नेकपा एमालेकी केन्द्रीय सदस्य तथा प्रतिनिधिसभा सदस्य रेखा झाले एमालेका स्थायी कमिटी सदस्य तथा पूर्व मन्त्री प्रभु साहविरुद्ध उजुरी दर्ता गराएकी छिन् ।

पार्टीकै सदस्य झाले जिल्ला अधिवेशनको बेला हलको सम्पूर्णले असहमति र विरोध गरेपनि पूर्वमन्त्री शाहले साहले पाँच जना पदाधिकारीलाई मध्यरातमा अज्ञात स्थलमा लगेर शपथ खुवाएको भन्दै उनी विरुद्ध प्रहरीमा उजुरी दर्ता गराएकी हुन्।

हलले अनुमोदन नै नगरेको जम्मा पाँच जना पदाधिकारीलाई मध्यरातमा नेता साहको नेतृत्वमा अज्ञात स्थलमा लगी शपथ खुवाइएको कार्यको घोर निन्दा गर्दै तमाम इमान्दार योद्धा कमरेडहरुको उच्च आत्मबललाई निराशामा परिणत नगरीदिनुहु केन्द्रीय अध्यक्ष कमरेडलाई आग्रह गरिएको अध्यक्ष केपी शर्मा ओलीलाई सम्बोधन गरिएको उनको पत्रमा लेखिएको छ ।

साथै केन्द्रीय सदस्य तथा प्रतिनिधिसभा सदस्य झाले रौतहट जिल्ला अधिवेशन सम्पन्न भएको भ्रम र झुठ रहेको समेत एक विज्ञप्ति जारी गर्दै आपत्ति जनाएकी छिन् ।

spot_imgspot_img
spot_img

लोकप्रिय

थप शिर्षकहरु