रौतहट , ८ चैत //
पाँच लाख रुपैयाँ घुससहित पक्राउ परेका रौतहटको देवाही गोनाही नगरपालिकाका नगरप्रमुख धर्मेन्द्र प्रसाद पटेल रिहा भएका छन् ।
नगरप्रमुख पटेल सोमबार ४ लाख रुपैयाँ धरौटी बुझाएर आफ्ना सहयोगीसहित २३ औँ दिनमा रिहा भएका हुन्।
अख्तियार दुरुपयोग अनुसन्धान आयोगले मेयर पटेलविरुद्ध भ्रष्टाचारको कसुरमा आइतबार विशेषमा अदालतमा मुद्दा दर्ता गरेको थियो ।
विशेष अदालतमा मुद्दा दर्ता भएको भोलिपल्ट सोमबार माग अनुसारको ४ लाख रुपैयाँ धरौटी राखेर मेयर पटेल र उनका सहयोगी रिहा भएका हुन्।
मेयर पटेल, सहयोगी अशोक पटेल र २ जना नगरपालिकाका कर्मचारी गरी ४ जनालाई फागुन १५ गते हेटौडाबाट गएको अख्तियारको टोलीले दुई लाख ५० हजार नगद र सोही रकम बराबरको चेकसहित नियन्त्रणमा लिएर अनुसन्धान अगाडि बढाएको थियो ।
पक्राउ परेका ४ जना मध्ये देवाही गोनाही नगरपालिकाका २ जना कर्मचारी भने यस अघि नै छुटिसकेका छन् ।