Saturday, January 25, 2025

नेपाल डेरी एसोसीयसन मधेश प्रदेशको अध्यक्षमा राधो सिंह

पछिल्लाे समाचार

मुकेश कुमार साह रौतहट,१२ चैत्र । नेपाल डेरी एसोसीयसनको (NDA)मधेश प्रदेश को दोस्रो साधरण सभा तथा प्रथम अधिवेसन सम्पन्न भएको छ । मधेश प्रदेशमै ठूलो दुग्ध उद्योग मंगलम डेरी तथा फुड इन्डट्रीज हरिवनमा भएको अधिवेशनले मिलन डेरी उद्योग सप्तरीका संचालक राधो सिंहलाई अध्यक्ष पदमा निर्वाचित गरेको छ ।

यस्तै बरिष्ट उपाध्यक्षमा ग्वाला डेरी हब बिरगंजका संचालक राजेश यादव,उपाध्यक्षमा श्री कृष्ण जन एकता डेरीका हरि नेपाल,सचिवमा शंकर डेरीका नवीन प्रसाद चौरसिया, कोषाध्यक्षमा लक्ष्मीनारायण यादव चयन भएको हो ।

अधिवेसनले सदस्यमा रामबाबु महतो,किसोर आचार्य,उमेश सिंह,मतलुम ठकुराई ,महेश सिंह,रामनारायण महतो तथा जयकरण महतोलाई चयन गरिएको छ ।

निर्वाचित पदाधिकारीहरुले अगामी दिनमा अझ सशक्त रुपमा डेरी ब्यवासायी तथा उपभोक्ताहरुको हक-हितको लागि अग्रसर हुने प्रतिबद्धता व्यक्त गरेका छन । नेपाल डेरी एसोसीयसनका केन्द्रिय सचिव विजय प्रसाद चौरसियाको प्रमुख आतिथ्यतामा कार्यक्रम सम्पन्न भएको हो ।

spot_imgspot_img
spot_img

लोकप्रिय

थप शिर्षकहरु