Friday, January 24, 2025

धनकौलमा आगलागी हुँदा १३ घर जल्यो ,२६ लाख बराबरको क्षति

पछिल्लाे समाचार


सर्लाही , १३ चैत //
सर्लाहीको धनकौलमा आगलागी हुँदा १३ वटा घर जलेको छ ।

शनिबार दिउँसो धनकौल गाउँपालिका ५ हरकठवामा आगलागी हुँदा १३ जनाको घर जलेर नष्ट भएको हो। आगलागीमा परेर १ जना घाइते भएका छन् ।

आगलागीबाट ग्याँस सिलिण्डर पड्किदाँ भाग्ने क्रममा ३५ वर्षीय अरबिन्द प्रसाद कुशवाहा घाइते भएको प्रहरीले जनाएको छ। घाइते भएका कुशवाहाको उपचार भइरहेको जिल्ला प्रहरी कार्यालय सर्लाहीका प्रहरी प्रवक्ता डीएसपी माधवप्रसाद बुढाथोकीले जानकारी दिए ।

आगलागीबाट प्रदीप हजरी, भुमेशवर कानु, ताहिर हजारी, रामबली पासवान, सितल हजारी, भिखारी पासवान, राम बिश्वास हजारी, बिकाउ हजारी, नन्द किशोर पासवान, गगन हजारी, सरप लाल हजारी र रामनाथ हजारीको एकरएक वटा घर जलेको नष्ट भएको छ ।

आगलागीबाट करिब २६ लाख बराबरको क्षति भएको डीएसपी बुढाथोकीले जनाए।

आगो स्थानीय बासिन्दा, नेपाल तथा सशस्त्र प्रहरी तथा मलङगवा र हरिवनबाट गएको दमकलको सहयोगमा नियन्त्रणमा लिएको तथा आगलागीको कारण खुल्न नसकेको प्रहरीले जनाएको छ ।

spot_imgspot_img
spot_img

लोकप्रिय

थप शिर्षकहरु