Thursday, January 23, 2025

धनकौलका अग्नीपीडितलाई राहत सहयोग

पछिल्लाे समाचार


सर्लाही , १४ चैत //
सर्लाहीको धनकौल गाउँपालिका–५, हरकठवा पासवान बस्तीका अग्नीपीडितलाई राहत सामग्री प्रदान गरिएको छ ।

जिल्ला विपद् व्यवस्थापन समिति सर्लाही र मधेश प्रदेश सरकारका महिला बालबालिका युवा तथा खेलकुद मन्त्री वीरेन्द्रप्रसाद सिंह, नेपाली कांग्रेस सर्लाही सभापति सुरेन्द्रप्रसाद सिंहले आगलागी पीडित परिवारलाई राहत सामग्री प्रदान गरेका हुन्। आईतबार साँझ प्रमुख जिल्ला अधिकारी थानेश्वर गौतमसहितका सुरक्षा अधिकारी र अन्य सरोकारवालाहरुले बस्तीमै पुगेर राहत सामग्री हस्तान्तरण गरेका हुन् । नेपाल रेडक्रस सोसाइटी मलंगवा, बागमती सेवा समाज र वर्ल्ड भिजनसँग समन्वय गरेर आगलागी पीडितका लागि ३० थान त्रिपाल, ३० थान कम्बल, एक÷एक बोरा चामल, भाँडाकुँडा, कपडा लगायतका राहत सामग्री प्रदान गरिएको हो।

त्यस्तै गत शनिबार साँझ नै आगलागी पीडित परिवारलाई नेपाली कांग्रेस मधेश प्रदेशका उपसभापति एवं प्रदेश सरकारका महिला, बालबालिका, युवा तथा खेलकुद मन्त्री वीरेन्द्र प्रसाद सिंह, कांग्रेस सर्लाहीका सभापति सुरेन्द्र प्रसाद सिंह लगायतले त्रिपाल, कम्बल, चामल, दाल, चिउरा, तेल, ग्याँस सिलिण्डर, औषधि लगायत राहत सामग्री सहयोग गरेका थिए । सहोदर दाजुभाई समेत रहेका उनीहरुले अग्नीपीडित परिवारहरुका लागि २५ थान कम्बल, २५ थान त्रिपाल, चामल, दाल, चिउरा, तेल, ग्याँस सिलिण्डर, औषधि सहित प्रति परिवार ५/५ हजार रुपैयाँ पनि प्रदान गरेका थिए । शनिबार दिउँसो आगलागीमा परेर धनकौल पासवान बस्तीका १३ वटा घरमा आगलागी हुँदा २६ लाख बराबरको क्षति भएको थियो।

spot_imgspot_img
spot_img

लोकप्रिय

थप शिर्षकहरु