Sunday, January 26, 2025

चन्द्रपुरमा बृहत साहित्यिक गोष्ठी

पछिल्लाे समाचार

मुकेश कुमार साह रौतहट,१२ चैत्र । रौतहटको चन्द्रपुरमा बृहत साहित्यिक गोष्ठी सम्पन्न भएको छ । साहित्यिक संजाल रौतहटको आयोजना तथा चन्द्रपुर नगरपालिका वडा न ४ को आर्थिक सहयोगमा कार्यक्रम सम्पन्न भएको हो । होटल ए.एन प्लाजाको हलमा सम्पन्न भएको कार्यक्रममा चन्द्रपुर नपा वडा न ४ का अध्यक्ष अमर बहादुर आलेको सभाध्यक्षता रहेको थियो । कार्यक्रमका प्रमुख अतिथि बरिष्ट नाटककारका अभियान्ता अशेष मल्लले ब्यानर पढेर कार्यक्रमको उद्घाटन गर्नु भएको थियो। कार्यक्रममा बिभिन्न क्षेत्रमा योगदान पुराए बापत् बिभिन्न व्यक्तित्वहरुलाई सम्मान समेत गरिएको छ । साहित्य क्षेत्रमा आफ्नो योगदान दिए बापत डा.सालिग्राम शर्मा तथा फुटवलर खड्ग आलेलाई सम्मान गरिएको छ। यस्तै पत्रकारिता तथा साहित्य क्षेत्रमा आफ्नो कलम चलाउदै आएका खेम बोलखे र चन्द्रपुरमा लामो समय देखी चिया बेच्दै आएकी नरकुमारी गुरुङ उर्फ (हवाल्दरानी आमै)लाई सम्मान गरिएको छ । रचनाकारहरु रेनुका जि.सी ,पुजा तिमल्सिना,कल्पना उपाध्याय,लक्ष्मी बराल,अवदेशहरी भट्टराई,आलोक कोइराला,सुमन घिमिरे,लम्बोदर,कुमार दाहाल,सुरज पराजुली,मुकेश कुमार साह,जिवन्त बिम्ब,खेम बोलखे,लक्ष्मण आचार्य,जिवन आचार्य लगायत २ दर्जन भन्दा बढी सर्जकहरुले आफ्ना रचना बाचन गरेका थिए ।

गोष्ठीमा आमन्त्रित साहित्यकारहरुको कोसेलीले कार्यक्रमलाई रोञ्चक बनाइएको थियो । चन्द्रपुर नगरपालिकाकै पुराना तथा नेपालकै ख्याती प्राप्त साहित्यकार हरिकृष्ण काफ्लेका वजनदार मुक्तकले हलमा बजेको तालीको गडगडाहट्ले थप कार्यक्रममा मधुरता छाएको थियो । कार्यक्रममा चन्द्रपुर नगरपालिकाका नगर प्रमुख रामचन्द्र चौधरी,चन्द्रपुर नगरपालिका वडा नम्बर ४ का वडा अध्यक्ष अम्बर बहादुर आले,चन्द्रपुर नगरपालिकाका प्रमुख प्रशासकिय अधिकृत कृष्ण प्रसाद सिग्देल,साहित्यिक पत्रकार नरेन्द्रराज शर्मा,कवि एबं कथाकार देविका तिमल्सिना,बसन्त रिजाल,उपन्यासकार पवन आलोक लगायत बिभिन्न कविकार,रचनाकार,गजलकार,उपन्यासकारहरुको सहभागिता रहेको थियो । आयोजक संस्था साहित्यिक संजालका सदस्य लक्ष्मी श्रेष्ठको स्वागत मन्तब्य बाट सुरु भएको कार्यक्रमको संचालन राम आचार्यले गर्नु भएको थियो।

spot_imgspot_img
spot_img

लोकप्रिय

थप शिर्षकहरु