रौतहट , १८ फागुन //
चन्द्रपुरमा जिवन बिज्ञान ध्यानयोग प्रयोगशाला भवनको शिलान्यास गरिएको छ।
मंगलबार बिहान एक कार्यक्रमका बिच चन्द्रपुर नगरपालिका वाड नंं ६ हातेमालो टोलमा रौतहट क्षेत्र नं. ४ क प्रदेश संसद धनलाल ठोक्कर, योग प्रशिक्षक द्धय शैलेश उपाध्याय र सुनिता उपाध्याय पौडेलले संयुक्त रुपमा उक्त भवनको शिलान्यास गरेका हुन्।
सर्वागीण विकाशको लागी योग भन्ने मुल नाराका साथ रौतहटको चन्द्रनिगाहपुरमा बिगत १ वर्ष देखी निरन्तर रुपमा योग ध्यान प्रयोगशाला संचालन हुँदै आएको छ।
भवनको शिलान्यास गर्दै प्रदेश संसद ठोक्करले योग जिवनमा अपरिहार्य भएको बताए । उनले योगको लागी भवन निमार्ण हुन अति जरुरी रहेको अबस्थामा हलको शिलान्यास गर्न पाउदा हर्षित भएको बताए ।
जिवनलाइ सुख,शान्ति,समृद्धि एवं स्वस्थ्य बनाउनको लागी जिवन बिज्ञान योग अत्यन्त जरुरी भएकोले योगशालाको लागी हल निमार्ण गर्न लागिएको योग गुरु सुनिता उपाध्यायले जानकारी दिए । उनले हल निमार्णको लागी सहयोग गर्न सबैलाइ आग्रह गरेकी थिइन् ।
१ सय भन्दा बढी साधक अटाउने किसिमले हल निमार्ण गर्न लागेको उनले जानकारी दिइन ।
कार्यक्रममा चन्द्रपुर नगरपालिका वडा नम्वर ४ का वडा अध्यक्ष अमर आले,वडा नम्वर ६ का अध्यक्ष खडक कुश्वार, हातेमालो सामुदायिक वन उपभोक्ता समुहका अध्यक्ष रामलाल ठोक्कर,संचारकर्मी ,स्थानिय समाजसेवी,बुद्धीजीबि लगायतको उपस्थिति रहेको थियो ।