सर्लाही , ११ चैत //
सर्लाहीमा करेन्ट लागेर एकजनाकाे मृत्यु भएकाे छ ।
मृत्यु हुनेमा बारा जिल्ला फेटा गाउँपालिका-१ त्रिबेणी टाेला निवासी २५ वर्षीय शिव कुमार बछार रहेका छन्।
शुक्रबार बिहान १० बजेतिर मलंगवा नगरपालिका-४ रिङरोडमा विद्युतको पोल गाडने क्रममा माथिपट्टि रहेकाे ११ हजार भोल्टको तारमा उक्त पोलले छाेएपछि बछारलाई करेन्ट लागेकाे जिल्ला प्रहरी कार्यालय मलंगवाले जनाएकाे छ ।
करेन्ट लागेर गम्भीर घाईते भएका उनलाई तत्काल उपचारको लागी प्रादेशिक अस्पताल मलंगवा ल्याईएपनि चिकित्सकले मृत घोषणा गरेको प्रहरीले जनाएको छ।
बछार विद्युत प्राधिकरणमा करारमा कार्यरत मजदुर रहेकाे बताईएकाे छ ।