Thursday, January 23, 2025

राजर्षि जनक कप : आज दिउँसाे आयाेजक र एनआरटी बीच प्रतिस्पर्दा

पछिल्लाे समाचार


सर्लाही , ८ चैत //
सर्लाहीको बागमतीमा जारी छैठौँ राजर्षि जनक कप फुटबल प्रतियोगिता अन्तर्गत आज (मंगलबार) दिउँसाे तेस्राे क्वाटरफाईनल खेल आयाेजक बागमती युवा क्लब र न्यूराेड टिम (एनआरटी) काठमाडाैंबीच हुँदैछ ।

आयोजक टिमका म्याच कमिस्नर दिपक लामाले मंगलबार दिउँसो साँढे ३ बजे स्व. सन्तोष श्रेष्ठ स्मृति खेल मैदानमा दुई टिमबीच खेल सूरु हुने जानकारी दिए । यसअघि प्रि-क्वाटरफाईनल खेलमा केबीए ग्लोबल बीएफसी चितवनलाई पराजित गर्दै क्वाटरफाईनल प्रवेश गरेकाे एनआरटी र बाईमा परेकाे आयाेजक बागमतीबीचकाे खेल प्रतिष्पर्धात्मक हुने देखिन्छ ।

बागमती युवा क्लबले केही दिनअघि धनगढीमा भएकाे खप्तड गाेल्डकपमा एनआरटीलाई हराईसकेकाे हुँदा आयाेजक टिम आजकाे खेल पनि जित्नेमा ढुक्क देखिन्छ । त्यस्तै एनआरटी पनि खप्तडमा बागमतीसँग हारेकाे बदला फिर्ता लिने तयारीका साथ मैदानमा उत्रने निश्चित छ । खेल जसरीपनि जीत्नैपर्ने पक्षमा आयाेजक टिम देखिन्छ । उसले आजकाे खेललाई लक्षीत गर्दै ब्रुनाईबाट तीनजना खेलाडी भित्र्याईसकेकाे चर्चा समेत चलेकाे छ ।

प्रतियोगितामा आयोजक बागमती युवा क्लब र एउटा विदेशी क्लब समेत १२ वटा टिमले सहभागिता जनाएका छन् ।
प्रतियोगितामा नेपाल पुलिस क्लब, सशस्त्र प्रहरीको एपिएफ क्लब, मछिन्द्र फुटबल क्लब, हिमालयन शेर्पा क्लब, न्यूरोड टिम (एनआरटी) काठमाडाैं, नव जनजागृति युवा क्लब सीमरा, सुदूरपश्चिम–११ धनगढी, केबीए ग्लोबल बीएफसी चितवन, ध्रुबतारा स्पोर्टिङ क्लब दमक, विदेशी टिम एभिनिर फुटबल क्लब क्यामरुन र आयोजक बागमती युवा क्लबले भाग लिएको आयोजक बागमती युवा क्लबका सचिब कुमार प्रधानले जानकारी दिए ।

spot_imgspot_img
spot_img

लोकप्रिय

थप शिर्षकहरु