रौतहट १८ फागुन / भन्सार छली गरेको मोबाईल र घडी सहित प्रहरीले एकजना मानिस नियन्त्रणमा लिएको छ ।
बुधवार प्रहरीको टोलीले जिल्ला रौतहट गौर नगरपालिका वडा नं.३ वि.पी.चोक बाट भारत को मोतिहारी जिल्ला पुर्वी चम्पारण घोडासहन नगर पञ्चायत वडा नं.४ हसन टोल वस्ने वर्ष २८ को महम्द हसन आलम लाई नियन्त्रणमा लिएको हो ।झोला चेकजाँच गर्दा झोला अबैध रुपमा भारतबाट भन्सार छलि चोरी पैठारी गरी नेपाल तर्फ भित्र्याई ल्याएको एक लाख चौवालीस हजार आठ सय बरावरको ओप्पो कम्पनीको मोबाईल ३ वटा र भिभि कम्पनीको मोबाईल १ वटा मोबाईल र टाईटन कम्पनीको १४ थान घडी बरामद गरि भन्सार बुझाएको जिल्ला प्रहरी कार्यालय रौतहट का डिएसपी सुनिल मल्लले जानकारी दिएका छन ।