Friday, January 24, 2025

बालिकालाई अपहरण गरी १५ लाख रुपैयाँ फिरौती मागेको आरोपमा पक्राउ तीन जना पक्राउ

पछिल्लाे समाचार


धनुषा , १४ चैत //
बालिकालाई अपहरण गरी १५ लाख रुपैयाँ फिरौती मागेको आरोपमा पक्राउ परेका तीन युवकलाई धनुषा प्रहरीले सार्वजनिक गरेको छ ।
पक्राउ पर्नेहरुमा धनुषाको धानुषाधाम नगरपालिका ३ सिजियाहीका २१ वर्षीय अरविन्द मुखिया, जनकपुरधाम उपमहानगरपालिका १ को २१ वर्षीय रविकुमार दास र कमला नगरपालिका ८ सोनापारा घर भई हाल जनकपुर उपमहानगरपालिका १६ पुल्चोक डेरा गरी बस्ने २० वर्षीय अभिषेकचन्द्र दास रहेका छन् ।

तीनैजनालाई धनुषा प्रहरीले आइतबार सार्वजनिक गरेको हो ।

उनीहरुमाथि धनुषाको कमला नगरपालिका २ घर भई हाल जनकपुरधाम उपमहानगरपालिका वडा १६ बस्ने धुव्रकुमार मण्डलकी ४ वर्षीया छोरीको अपहरण गरेको आरोप छ । बिहीबार साँझ साढे ७ बजे अपहरित खोजविनको क्रममा शुक्रबार साँझ विदेह नगरपालिका ८ बफैयबाट बालिकाको उद्धार गरी परिवाजनलाई जिम्मा लगाएको धनुषा प्रहरीले जनाएको छ।
बालिकालाई अपहरण गरि उनीहरुले परिवारसँग १५ लाख रुपैयाँ फिरौती मागेका थिए । १५ लाख रुपैयाँ नदिए मारेर फालिदिने उनीहरुले परिवारजनलाई चेतावनी समेत दिएका थिए ।
सोही दिन प्रहरीले अपहरणमा संलग्न भएको आरोपमा अभिषेक दाससहित ७ जनालाई प्रहरीले पक्राउ गरेको थियो ।
अनुसन्धानको क्रममा नियन्त्रणमा लिएका ७ जना मध्ये ४ जना हालको अनुसन्धानबाट घटनामा संलग्नता नदेखिएकाले छाडिएको प्रहरीले जनाएको छ ।

३ जनालाई अपहरण तथा शरिर बन्धक मुद्दामा म्याद थप गरी अनुसन्धान कार्य गरिरहेको धनुषाका प्रहरी नायव उपरीक्षक (डिएसपी) जितेन्द्र बस्नेतले जानकारी दिए ।

spot_imgspot_img
spot_img

लोकप्रिय

थप शिर्षकहरु