जनकपुरधाम , ९ चैत //
मधेश प्रदेशको प्रदेशसभा बैठक फेरि स्थगित भएको छ ।
बुधबार दिउँसो १ बजे बोलाइएको बैठक प्रदेशसभाले एकदिन अघि मंगबार सूचनान प्रकाशन गरि स्थगित गरेको हो ।
स्थगित बैठक चैत ११ गते शुक्रबार २ बजेसम्मका लागि स्थगित भएको प्रदेशसभा सचिवालयले जनाएको छ ।
पछिल्लो चार पटक प्रदेश सभा बैठक नबसिकन स्थगित हुँदै आएको छ ।
यस अघि फागुन २२ गते बोलाइएको बैठक चैत ९ गते दिउँसो १ बजेसम्मका लागि स्थगित गरिएको थियो ।
प्रदेशसभा सचिवालयले एक सूचना जारी गर्दै विशेष कारणवस बैठक स्थगित भएको जनाएको छ।