धनुषा , १७ फागुन //
धनुषाको लक्षमिनिया गाउँपालिका १ स्थित नालामा लडिरहेको एक युवकको अचेत अवस्थामा प्रहरीले उद्धार गरेको छ ।
सोमबार बिहान २० वर्षीय दिपेन्द्र मण्डलको घाइते अवस्थामा प्रहरीले उद्धार गरेको हो ।
बिहान ७ बजे उनलाई प्रहरीले उद्धार गरी उपचारको लागि प्रादेशिक अस्पताल जनकपुरमा भर्ना गरेको हो ।
जिल्लाको हंसपुर नगरपालिका ४ तिसियाहि घर भएका मण्डल हाल जनकपुरधाम उपमहानगरपालिका वडा नं. १६ कपिलेश्वर बसपार्क नजिकमा डेरा गरी बस्दै आएका छन् ।
नालामा लडेको र बोल्न समेत नसक्ने घाइते अवस्थामा देखेपछि स्थानीयले प्रहरीलाई खबर गरेका थिए ।
धनुषाका प्रहरी प्रवक्ता डिएसपी जितेन्द्र बस्नेतका अन्सुअर उपचार पश्चात उनको परिवारजनलाई जिम्मा लगाएको हो।