Thursday, January 23, 2025

सम्पर्क मन्चको इन्चार्जमा भण्डारी

पछिल्लाे समाचार

रौतहट १ फागुन /नेकपा एमाले निकट रौतहट – काठमाडौँ सम्पर्क मंचको इन्चार्जमा देव भण्डारी चयन भएका छन ।
मधेस प्रदेश सम्पर्क कमिटिको दोस्रो बैठकले कमिटिका सदस्य रहनुभएका भण्डारीलाई सो जिम्मेवारी दिएको हो । कमिटिका अध्यक्ष जाकिर हुसेनको अध्यक्षता सम्पन्न सो बैठकका प्रमुख अतिथिमा सम्पर्क सम्न्यवन कमिटिका संयोजक श्याम बस्नेत रहनुभएको थियो ।
त्यसैगरी अतिथिहरुमा प्रदेश सम्पर्क कमिटिका पुर्व अध्यक्ष बिल्टु यादव , पुर्व सचिव दिवाकर भट्टराईलगायत रहनु भएको कमिटिका सचिव टिकाध्वज खड्काले जानकारी दिनुभयो । रौतहटको चन्द्रपुर नगरपालिका वडा नम्बर १ क्याटिन बजार स्थायी घर भएका भण्डारी काठमाडौँमा तयारी पोसाकको व्यवसाय गर्दै आइरहेका छन् ।
भण्डारीले यस अघि नेकपा एमालेको जनवर्गिय संगठन अनेरास्वियु तथा जिफन्टको, जिल्ला सम्पर्क मन्च , प्रदेस सम्पर्क दुई कार्यकाल विभिन्न कमिटिमा रहेर काम गरिसकेका काम गरिसकेका छन् ।
इन्चार्ज भण्डारीले कम्तिमा एक हजार पार्टी सदस्य र पाँच सय संगठित सदस्य पुर्याउने आफ्नो लक्ष्य रहेको सुनाउँदै रौतहटको भुगोल र काठमाडौँमा बसोबास गर्ने बिचमा सम्पर्कलाई नजिक बनाउन लागि रहने प्रतिवद्धता जनाएका छन ।

spot_imgspot_img
spot_img

लोकप्रिय

थप शिर्षकहरु