काठमाण्डौ २३ माघ /सत्तापक्ष र प्रतिपक्षबीच आइतवार भएको सम्वाद सकारात्मक भएको नेकपा एमालेका केन्द्रीय प्रचार तथा प्रकासन बिभागका उप प्रमुखले जनाएका छन ।
छलफलमा गैर सांसदलाई राखेर संसद् बैठक चलाउँदा र अवैध रूपमा गठन भएको ‘पार्टी’ को उपस्थिति रहने कुनै पनि कार्यक्रममा नेकपा (एमाले) सहभागी नहुने कुरा एमाले पार्टीले स्पष्ट पारेको छ ।
यस्तै सत्तापक्षले बैठकमा त्यस्ता पक्षलाई सहभागी नगराउने प्रतिबद्धता जनाएको समेत बताइएको छ ।
गौर मा भएको नरसंहारकारी घटना दोहोरीने अभिव्यक्ति दिने र २४ लाख खोप बेपत्ता पार्ने मन्त्रीमाथि कारबाहीका लागि पार्टीले गम्भीरताका साथ कुरा उठाएको र एमसीसीमा स्पष्ट हुन सत्तापक्षलाई पार्टीले सुझाव दिएको एमालेका केन्द्रीय प्रचार तथा प्रकाशन बिभागका उप प्रमुख बिष्णु रिजालले जनाएका छन ।