जनकपुरधाम , १ फागुन //
जनयुद्ध दिवसको अवसरमा मधेस प्रदेश सरकारले आज सार्वजनिक विदा दिएको छ।
प्रदेश सरकारले जनयुद्ध दिवसको अवसरमा पहिलो पटक फागुन १ मा सार्वजनिक बिदा दिएको आन्तरिक मामिला तथा सञ्चारमन्त्री भरत साहले जानकारी दिए ।
शुक्रबार साँझ मन्त्री साहले एक प्रेस विज्ञप्ती जारी गर्दै फागुन १ गते आइतबार जनयुद्ध दिवसको अवसरमा मधेस प्रदेशमा सार्वजनिक विदाको घोषणा गरेका थिए ।मधेश सरकारले तीन वर्षदेखि माघ ५ गते बलिदानी दिवस मनाउँदै आएको छ । तर जनयुद्ध दिवस भने पहिलोपटक मनाउँदै छ ।
सो अवसरमा आज जनयुद्धका सहिद परिवारलाई मधेश सरकारले जनही एकलाख रुपैयाँ आर्थिक सहयोग उपलब्ध गराउने भएको छ ।
मधेश प्रदेशका आठवटै जिल्लाबाट पाँच–पाँच जना जनयुद्धका सहिद परिवार गरी ४० सहिद परिवारलाई जनही एक लाख रुपैयाँ र सम्मान पत्र वितरण गर्न लागिएको मन्त्री साहका प्रमुख स्वकीय सचिव विजय यादवले जानकारी दिए ।