बारा , १ फागुन //
बारामा दुई युवक बीच कुटाकुट हुँदा एकजना गम्भीर घाइते भएका छन् ।
पसलबाट सामान किनेर फर्किने क्रममा बहिनिको हात समातेर जिस्काएको विषयमा बाराको जितपुर सिमरा उपमहानगरपालिका वडा नम्बर २० स्थित कञ्चनपुर गाउँमा दुई युवक बीच झगडा हुँदा एकजनाको टाउकोमा गम्भीर चोट लागेको हो ।
कञ्चनपुर बस्ने अख्बर मियाँको छोरी गुलवसा खातुनले पसलबाट सामान किनेर घर फर्किने क्रममा भारत बिहार घर भएका २२ वर्षीय युवक राजकुमार साहले खातुनको हात समातेर जिस्काएको विषयमा मियाँ र उनका छोरा सर्फुल्ला मियाँले साहमाथि हातपात गरेका थिए ।
हातपात गर्ने क्रममा सर्फुल्लाले साहको टाउकोमा सिसाको बोतलले प्रहार गर्दा टाउको फुटेको प्रहरीले जनाएको छ।
बोतलको प्रहारले गम्भीर घाइते भएका साहलाई उपचारको लागि वीरगञ्जस्थित नेशनल मेडिकल कलेज लगिएको बारा प्रहरी प्रवक्ता राजेश थापाले जानकारी दिए ।
साहमाथि हातपात गरेको आरोपमा मियाँ र उनका छोरा सर्फुल्लालाई प्रहरीले नियन्त्रणमा लिएर अस्थायी प्रहरी पोष्ट ईनर्वाशिरामा राखी थप अनुसन्धान भइरहेको डिएसपी थापाले बताए ।